भन्सार क्लियरिङ दलाल कुर्मी कालोधन्दामा लिप्त, अकुत सम्पत्ति लुकाउन अनेक तिकडम !
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १६:७:८
२३ माघ, वीरगञ्ज । जनताको सेवक हुनुपर्ने जनप्रतिनिधि कालो धन्दामा लिप्त रहेर अकुत आर्जन गर्न तल्लीन भएको पाइएको छ । चर्चित तस्कर कमल राउत कुर्मी छोरा वीरगञ्ज महानगरपालिका वडा नं. १ का वडाअध्यक्ष रहेका मनोज राउत कुर्मी तस्करीका माध्यमबाट अकुत सम्पति आर्जन गर्न कालो धन्दामा लिप्त रहेको भेटिएको हो ।
वीरगञ्ज भन्सारमा क्लियरिङ दलाल रहेका चर्चित तस्कर कमल राउत कुर्मीले नुनदेखि सुनसम्मका वस्तु तस्करी गराउने गरेको आरोप छ । भन्सारकै अधिकृतसँगको सेटिङमा उनले एउटै प्रज्ञापन पत्रबाट पटक पटक मालसामान छुटाउने तथा न्यून विजकिकरण गरेर महंगो मूल्यका मालसामान छुटाउने गरेको स्रोतको दावी छ ।
वीरगञ्ज भन्सारमा चर्चित रहेको ‘बालाजी क्लियरिङ’ मनोज र उनका बुवा कमल राउत कुर्मीले संचालन गर्ने गरेका छन् । यही क्लियरिङमार्फत छुटाइएका साधनमा नुनदेखि सुनसम्मका वस्तुहरू नेपालका विभिन्न शहरमा पुर्याइने गरिएको छ । भन्सार कर्मचारीलाई दुरुपयोग गरेर कुर्मीले अकुत आर्जन गरिरहेका छन् । उनी जस्तै क्लियरिङ दलालको काम गर्नेहरू भन्छन्, यहाँको भन्सारमा कुर्मी नै हर्ताकर्ता हुन् ।
कुर्मीको कालाेधन्दा भने अनेक छन् । वीरगञ्ज आउने भन्सार अधिकृतलाई ‘बालाजी क्लियरिङ’ को ध्वांस दिँदै प्रलोभनमा पर्ने र पछि उनै अधिकृतको मिलेमतोमा भन्सार छली गराएर कुस्त कमाइ गर्ने गरेको खुलेको छ ।
यति मात्रै होइन कुर्मीले भन्सारमा थन्केका पुराना गाडी हाकिमसँगको मिलेमतोमा लिलाम गर्न लगाएर सेटिङमार्फत आफूले सकार गर्ने र लिलामीको गाडीमा भारतबाट चोरीका गाडी ल्याई पार्टपुर्जा फेरेर मोटो रकममा बिक्री गर्ने गरेको तथ्य समेत फेला परेको छ । यसका लागि उनले वीरगञ्ज बसपार्क चोक नजिकै रहेको एउटा ग्यारेजलाई प्रयोग गर्ने गरेको समाचार स्रोतको दावी छ ।
कुर्मीले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणासँग घनिष्ट सम्बन्ध रहेको बताउँदै पदको चरम दुरुपयोग गर्ने गरेका छन् । पदको दुरुपयोग गर्दै कालो धन्दामा लिप्त कुर्मीको वीरगञ्जको प्रत्येक चोक र काठमाडौंमा गरि दर्जनौं आवासीय तथा व्यावसायिक भवन छन् । तस्करीका माध्यमबाट अकुत सम्पति आर्जन गरेका कुर्मीले राज्यलाई तिर्नुपर्ने राजश्व भने तिरेका छैनन् ।
अकुत सम्पत्तिको स्रोत छानविन गर्ने हो भने उनले जोडेका घर जग्गा र अकुत पैसा जफत हुने बीरगञ्जबासीहरु बताउँछन् । दर्जनौं भवन भएका कुर्मीले घर बहाल लगाउने गरेको तर घरबाहल कर भने नतिर्ने गरेको बीरगञ्ज महानगरपालिका स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा
असार १, २०८१ शनिबार
गोली लागेर घाइते भएका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु, दुई जना पक्राउ
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार