पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
नेपालबहस संवाददाता
माघ २८, २०८० आइतबार १२:३८:१
२८ माघ, पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ । साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राखिन् ।
“नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाहरूको मनोविज्ञानको अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्” बस्नेतले भनिन्, “एक आर्दश विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न सकिन्छ ।”
उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएकोमा जोड दिँदै उनीहरूले पढे मात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राखे । ‘सिकाउनेले पढौँ’ अभियानसमेत सञ्चालन गर्दै आएका तिमिल्सिनाले ‘एजुकेसन’ भन्दा ‘स्कुलिङ’ हावी भएको बताए ।
देशभित्र र बाहिरका विभिन्न विद्यालय घुमेको अनुभव सुनाउँदै उनले बालबालिका इमानदार हुने भएकाले उनीहरूलाई पठन संस्कृतिसँग जोड्न सक्दा शैक्षिक र सामाजिक विकास हुन सक्ने बताए । आफूले किताबमा गरेको आदर्श विद्यालयको परिकल्पना नेपालमै पनि साकार हुँदै गएकोमा उनले खुसी व्यक्त गरे ।
हामीले परम्परागत रूपमा पढाउँदै आएका पाठ्यपुस्तकले संसारमा १० प्रतिशत मात्रै व्यावहारिक जीवनमा काम गरेको तथ्य भेटिएको बताउँदै बालबालिकालाई स्वतन्त्र पढाइमा आकर्षित गर्नुपर्नेमा तिमिल्सिनाको जोड थियो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपानेलगातयले टिप्पणी गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तकमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार