लुम्बिनी प्रदेशमा तस्करी, डीआईजीको मस्ती !
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १२:१६:४
२९ माघ, बुटवल । नेपाल प्रहरीबाट भर्खरै डीआईजी कुवेर कडायतले लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेका छन् । उनले प्रदेशका सबै कार्यालयमा स्वागत सम्मान खाँदै हिँडेका छन् । उनलाई त्यहाँको तस्करीको सञ्जालबारे बुझ्ने फुर्सद छैन । तर लुम्बिनी प्रदेशमा मजाले चलेको तस्करीमा सशस्त्रका डीआईजी अभी खत्रीको मस्ती चलेको छ भने अनुगमन गर्ने एआईजी चन्द्र प्रकाश गौतमको नैतिक सहमति जस्तो देखिएको छ ।
सशस्त्र प्रहरी एकेडेमी मातातीर्थको प्रमुखबाट ५ नं. वाहिनी जान सफल डीआईजी खत्री घर जाने बेलामा अकुत कमाउन लागेको आरोप छ । उनी अबको ५ महिनापछि अनिवार्य अवकाशमा जाँदै छन् । त्यही भएर पनि लुम्बिनी प्रदेशमा कमाउ धन्दा चलेको बताइन्छ । अवकाशमा जानुअघि कमाण्ड दिनु प्रचलन विपरीत भएपनि मानव स्रोतका एआईजी गौतमले उनलाई थमौती गरेर राखेको स्रोतको भनाई छ ।
अहिले पश्चिम नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, दाङ र कपिलवस्तुको नाकाबाट व्यापक तस्करीको धन्दा मौलाएको श्रोत बताउँछ । पश्चिम नवलपरासीका गणपति एसपी धीरेन्द्र न्यौपानेको संरक्षणमा हरपुर, भुजहा, बलिनगर लगायतका नाकाबाट व्यापक तस्करी भइरहेको स्रोतको दावी छ । अहिले डीआईजी खत्रीलाई मासिक बुझाउनु पर्छ, एक बीओपी कमान्डरले नाम नबताउने सर्तमा नेपालबहसलाई भने । यसरी बुझाउनु परेपछि तलबबाट कटाएर दिने कुर भएन, तस्करी नगराएर के गर्ने त ? भन्दै ती जिल्लाका बीओपी तथा गणका कमान्डरले भन्ने गरेका छन् ।
यता रुपन्देहीका एसपी दीपक थापा र डण्डाका डीएसपी किशोर कुमार श्रेष्ठको पारा पनि उही छ । अवैध सामान पक्रेर भन्सार दाखिला गरेर मात्र हुँदैन डीआईजीलाई पनि बुझाउनु पर्छ भन्दै ती जिल्लाबाट तस्करी धन्दा मौलाएको बताइन्छ । यता २ नम्बर प्रदेशलाई दुख दिनसम्म दिएका एआईजी चन्द्र प्रकाश गौतमले ५ नम्बर प्रदेशमा भने सामान्य सोधपुछ गर्ने आँटसम्म गरेका छैनन् । सोझालाई पेल्ने र अलि कडा गर्नेलाई केही बोल्न नसक्ने गौतम लुम्बिनीमा केही नभए जसरी आँखा चिम्लिएर बसेका छन् । त्यही तस्करी कपिलवस्तुमा समेत चलिरहेको छ ।
यता पोखरा बाहिनीका डीआईजी कालिदास धौबजी र कालिका गणका गणपति धन बहादुर बनियाँलाई अवैध बालुवा चोरीको आरोप लागेको छ । गणको ट्रक पामे लेक लगेर सयौं ट्रक बालुवा कहाँ जान्छ भन्दै पोखराको चर्चित कार्यक्रम गण्डकी छड्केले प्रश्न गरेको थियो । धनबहादुर बानियाँ गुल्मपति हुँदा राशनको पैसा खाएवापत कारबाहीमा परेका व्यक्ति हुन् । अहिले डीआईजी र एसपी मिलेर अवैध धन्दा चलाएको आरोप छ । धौबजीको बारेमा मुख्यालयले सोधपुछ गरिरहेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९६ करोड
असार १, २०८१ शनिबार
कृषि मेलाबाट हजारौं किसान लाभान्वित
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार