प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
कुसुम सेञ्चुरी
फागुन २, २०८० बुधबार १३:१९:४३
प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा व्याख्या गरेर साध्य छैन । जसरी हामीले हावामा उडिरहेको फुलहरूको सुगन्ध देख्न सक्दैनौँ तर अनुभव गर्न सक्छौँ । त्यस्तै प्रेम पनि एक भावनामा व्यक्त हुने कुरा हो । प्रेम भावनामा महसुस हुन्छ र व्यवहारले देखाउँछ ।
जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । त्यसको आयु हुँदैन । कति खेर कहाँनेर सकिन्छ पत्तै हुँदैन । आकर्षण घट्दै गएमा या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, सधैंका लागि उत्साह, आनन्द र खुशी भने मिल्दैन । यो सीमित समयसम्मका लागि मात्र हुन्छ ।
प्रेम त अनन्त हुन्छ । तपाई प्रेमको जति नजिक जानुहुन्छ, त्यति नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सीमा छैन । प्रेमको कुरा हर कोहिले गर्छन् तर यसलाई महसुस र बुझ्ने बिरलै भेटिन्छन् ।
प्रेम भनेको निःस्वार्थ हुनपर्छ । साँचो माया गर्न एक प्रेमीको लागि उसको प्रेमिका सबै थोक हुन्छ । उदाहरणको लगि लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन आदि । प्रेम दुःखदायी या सुख जस्तो नि हुनसक्छ यो तपाईँमा तपाईँको पार्टनरमा निर्भर गर्छ । एउटाले मात्र चाहेर सहयात्रा समधुर हुँदैन । तपाईँलाई थाहा छ । प्रेम प्राप्त गर्नु मात्र हैन, गुमाउनु पनि प्रेम हो । किन की, प्रेम प्राप्त गर्नको लागि केही गुमाउनु पनि पर्छ । बदलामा केही नपाइकन केही गुमाउनुमा केही कष्ट हुँदैन भने यसको मतलव तपाईँको उ प्रति सच्चा प्रेम हो ।
संसारमा गरिएको मध्ये सबैभन्दा बढी परिभाषा जीवनको गरिएको छ । सबैभन्दा बढी विवादित विषय यौन हो र संसारका सबै मान्छेले अनुभूत गर्ने प्रेम हो । प्रेम, यौन र जीवनलाई सामाजिक धरातलमा जति धेरै बुझाउने प्रयास गरियो, त्यति नै यो विषय जटिल बन्दै गयो । व्याख्या र विश्लेषणका ग्रन्थ जति थपिए, भ्रम र संकुचनका आयाम पनि त्यति नै बढ्दै गए ।
प्रेम र जीवन एक अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई शाश्वत सत्य भनिएको हो ।
तर पनि कतिपय मानिसहरू कृत्रिम सत्यको आडमा शाश्वत सत्यलाई ढाक्न खोज्दछन् । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक धरातलमा मात्र छ । मनोवैज्ञानिक धरातलप्रति मान्छे उदासीन छ । जब कि प्रेम सामाजिक विषय होइन, यो त विशुद्ध मनोवैज्ञानिक विषय हो ।
कतिपय मानिसहरू प्रेम र यौनलाई छुट्टा–छुट्टै रुपमा हेर्छन् । प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरू यौनलाई प्रेमको विपरीत ठान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरु त यौनलाई विकृति नै हाे भन्छन् । आफू यौन समागमबाटै जन्मेर पनि यौनलाई छिःछिः र दुरदुर !! गर्ने विद्वत् वर्गको जमात यहाँ अहिले पनि ठूलै छ ।
हाम्रो समाजमा हामीले देखेका विवाहमा परिणत भएका यी प्रेम कहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्दछन् । तर प्रेम जस्तो स्वःस्फूर्त विषयलाई विवाह जस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्दैछ र कति मर्दैछ ? यो विषयमा चाहिँ कसैले पनि विचार गरेको पाइँदैन । के विवाहपछि पनि विवाह अगाडिको स्वच्छन्द प्रेम बाँचिरहन्छ त ? प्रेम र यौनका गुरु भनेर कहलिएका ओशो भन्छन्– ‘प्रेम जीवन्त हुन्छ विवाह मृत ।’ उनका अनुसार विवाहपछिको जीवनमा प्रेमको लास मात्र बाँकी रहन्छ । लासहरु बीच जीवन्तता खोज्नु नै मूर्खता हो । उनको दाबी यो पनि छ कि प्रेमिका जीवन्त हुन्छे, पत्नी मृत हुन्छे ।
समाजमा विवाहलाई एक प्रकारको खुला कारागार ठान्नेहरू पनि प्रशस्तै छन् । विवाह पछाडि आफूले चाहेजस्तो प्राकृतिक जीवन बाँच्न नपाइने हुनाले विवाह अगाडि नै गर्नुपर्ने जति गरी सकेर मात्र विवाह गर्ने भनेर ढिलो विवाह गर्नेहरू पनि पछिल्लो समयमा बढिरहेका छन् । ओशो त विवाहलाई कृत्रिम संस्थाको संज्ञा नै दिन्छन् ।
प्रेम र समाज न छुट्याउन सकिने न मिलाउन सकिने विषय हुन् । प्रेम सामाजिक मान्छेले नै गर्ने भए पनि प्रेमको महासागरमा डुब्दै गएपछि त्यो सामाजिक मान्छे पनि मनोवैज्ञानिक मान्छे बन्दछ र समाजलाई पूर्णतः भुलिदिन्छ । प्रेमलाई सामाजिक धरातलमा न्याय नमिल्ने भएकाले नै प्रेमीप्रेमिकाहरु समाजलाई भुल्ने गर्दछन् । हाम्रो जस्तो सामाजिक आँखाले त प्रेमलाई चिन्नै सक्दैन। यसैले हाम्रो समाज प्रेमको साधक होइन बरु बाधक हो । ह्याप्पी भ्यालेन्टाइन !!
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपप्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
बा ! एक चोटि खिसिक्क हाँसन….सेल्फी हानौँ !!!!
भदौ ११, २०७९ शनिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार