हेमन्त बिन्दुको रोमान्टिक गीत ‘धर्तीमाथि जून’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार ११:४५:३९
४ फागुन, काठमाडौं । गायक हेमन्त शर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘धर्तीमाथि जून’बोलको सार्वजनिक गीतमा गायक शर्मासँग गायिका बिन्दु पौडेलले गायनमा साथ दिएकी छिन्।
सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्।
गायक शर्माले ‘उता परेली झिम झिम’को सफलता पछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत सार्वजनिक गरेका हुन्।
गीतको म्युजिक भिडियोमा बिरलै देखिने चलचित्रका नायक अनुप विक्रम शाहीले अभिनय गरेका छन्। शाहीसँग मोडल कबिता नेपाली पहिलो पटक सहकार्य गरेकी छिन्। अभिनेता शाहीले गीत मन परेर म्युजिक भिडियोमा काम गरेका बताएका छन्।
गीतको मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
प्रेमको मनोविज्ञानयुक्त ‘कैसा मन मस्ताना प्यारे’ गीतसङ्ग्रह प्रकाशित
जेठ २१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द
असार ३, २०८१ सोमबार
नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा
असार ३, २०८१ सोमबार