महिला लघुवित्तको साधारणसभा २७ फागुनमा, शेयरधनीको हात खाली
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार ११:४८:१६
४ फागुन, काठमाडौं । महिला लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ। सभा फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यस वर्ष शेयरधनीहरुको हात खाली नै हुने भएको छ किनभने कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।
सभामा कम्पनीले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्दैछ। फागुन १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै
असार ३, २०८१ सोमबार
लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना
असार ३, २०८१ सोमबार
बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार