सरकारले आन्तरिक रोजगारी दशक अभियान चलाउने
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १३:५४:४४
६ फागुन, काठमाडौं । सरकारले देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि विभिन्न योजना अगाडि सारेर अभियान नै चलाउने भएको छ । अर्थतन्त्रका चुनौती सामना गर्न देशभित्रै रोजगारी र आयका अवसर सिर्जना गर्ने अभियान चलाउन लागिएको हो ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत सांदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न आन्तरिक रोजगारी प्रवर्द्धन दशक अभियानको तयारी गरिरहेको जानकारी दिएका हुन् ।
अहिले अर्थतन्त्रका प्रायः बाह्य सूचकहरू सकारात्मक छन् तर अर्थतन्त्रमा दबाब र चाप भने अहिले पनि कायम नै छ । अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकारले यो अभियान चलाउन लागेको हो । सरकारले आन्तरिक उत्पादन बृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेर देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नका लागि आन्तरिक रोजगारी प्रबर्धन दशक अभियान घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिए ।
उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथि लगानी वृद्धि गरी स्वदेशी श्रमको स्वदेशमा नै उपयोग गर्न, सीप विकास तथा रोजगारी सूचना प्रवाहमा स्थानीय तहको सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउन लागिएको हो । दक्ष जनशक्ति उत्पादनका लागि राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठान गठन गरिएको छ । स्वरोजगार प्रबर्धनका लागि नवप्रवबर्धन र स्टार्टअपलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप राष्ट्रिय अभियानकै रूपमा अगाडि बढाउने सरकारको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार