पूर्व वडाध्यक्षको घर हटाउन अख्तियारको निर्देशन
नेपालबहस संवाददाता
फागुन ९, २०८० बुधबार १३:६:४६
९ फागुन, स्याङ्जा । स्याङजाको हरिनास गाउँपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष डण्डबहादुर रानाको घर हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले निर्देशन दिएको छ । सार्वजनिक जग्गा हडपेर घर बनाएको देखिएपछि अख्तियारले उक्त निर्देशन दिएको हो ।
स्याङ्जा जिल्ला साविक चिन्नेबास गाविस वडा नं. ७ को हाल हरिनास गाउँपालिका वडा नं. ५ को कित्ता नं. ५३७ को सार्वजनिक जग्गा हडपेर घर बनाएको आरोप लागेपछि अख्तियारले घर हटाउन निर्देशन दिएको हो । स्थानीय तह निर्वाचन २०७४ मा राना एमालेबाट उक्त वडाको वडाध्यक्ष बनेका थिए ।
उक्त कित्ताको जग्गा जंगल जनिएको भन्दै अख्तियार कार्यालयले घर हटाउन निर्देशन दिएको जनाएको छ । बनेको पक्की तथा कच्ची संरचना हटाउन जिल्ला प्रशासन कार्यालय र सरकारी, सार्वजनिक सम्पत्ति संरक्षण गर्न हरिनास गाउँपालिकालाई अख्तियारले जारी गरेको निर्देशनात्मक पत्रमा उल्लेख गरिएको छ ।
अख्तियारले आफ्नो ऐन, २०४८ को परिच्छेद–६ अन्तर्गत दफा २८ अनुसार आयोगले सुझाव दिन सक्ने उपदफा ‘ख’ बमोजिम गएको माघ ९ गते उक्त निर्देशन दिएको हो । अख्तियारले पत्रमा निर्देशन तत्काल कार्यान्वयन गरि जानकारी गराउन समेत भनेको छ ।
वडाध्यक्ष बनेपछि रानाले डोजर खरिद गरेर गाउँपालिका अन्तर्गत काम गरेर अवैध रुपमा अकुत कमाएको स्थानीयले आरोप लगाएका छन् । पालिका र वडामा आफ्नै सरकार बनेको भन्दै उनले एकलौटी काम गरेर अकुत आर्जन गरेको स्थानीयको आरोप छ ।
उता उनै पूर्व वडाध्यक्ष रानाले अवैध ढुङ्गा खानी संचालन गरेको स्थानीयले बताएका छन् । अवैध ढुङ्गा खानीबाट ढुङ्गा निकालेर तनहुँको दुलेगौंडा, पाल्पाको रामपुर र पोखरामा अवैध निकासी गर्दै आएको स्थानीयले बताए ।
२०७४ देखि २०७९ को ५ वर्ष अवधिमा बंगुर फार्म खोलेर रानाले गाउँपालिकाबाट कृषि अनुदान हत्याएको पालिका स्रोतले जनाएको छ । पालिका स्रोतका अनुसार बंगुर फार्मका नाउँमा उनले वर्षेनी ३ देखि ५ लाख कृषि अनुदान लिएको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर मानन्धर र पूर्व वडाध्यक्ष रानाका विरुद्ध अख्तियारमा दर्जनौं उजुरी दर्ता भएको स्रोतले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ । दर्जनौं उजुरी दर्ता भएका छ र उजुरी उपर छानबिन गरी कारबाहीको प्रक्रिया समेत अगाडि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार