कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क देशभरकै सात सय ५३ पालिकामा प्रथम बन्याे
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १४:३२:३२
१० फागुन, अर्घाखाँची । कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो ।
देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अङ्क प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।
स्थानीय तहलाई सङ्घीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।
कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अङ्क प्रदान गरिन्छ । गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियो । चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ अङ्कसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५ दशमलव ४० अङ्कसहित तेस्रो भएका छन् ।
त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३ दशमलव ८४ अङ्कसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३ दशमलव ७६ अङ्कसहित पाँचौँ, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२ दशमलव ५७ अङ्कसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५० दशमलव ४४ अङ्कसहित सातौँ, गुल्मीको रेसुङ्गा नगरपालिका ५० दशमलव ०३ अङ्कसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९ दशमलव ३६ अङ्कसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९ दशमलव १९ अङ्कसहित १०औँ भएका छन् ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना
असार २, २०८१ आइतबार
‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार