पर्वतका ग्रामीण सडकमा चारवटा मोटरेबल पुल बन्दै
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १५:५५:५२
१३ फागुन, पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो ।
पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । चार पुलमध्ये मोदी–६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार डिमुवा–राम्जा सडक खण्डमा पर्ने उक्त पुलको करिब ४० प्रतिशत निर्माण सकिएको छ । प्रमुख अधिकारीले रु दुई करोड ५३ लाखको लागतमा निर्माण हुन लागेको बताए। यो पुल निर्माणपछि मोदी–७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित हुने छन् ।
त्यस्तै, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण पनि तीव्र गतिमा भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । करिब २५ मिटर लामो उक्त पुलको २० प्रतिशत भन्दाबढी काम सम्पन्न भइसकेको प्रमुख अधिकारीले जानकारी दिए । रु चार करोड ४३ लाखमा उक्त पुल निर्माण भइरहेको छ ।
वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंँयू गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोसक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमहिना सहज रुपमा सडक सञ्चालन हुने विश्वास बढेको थानीय खगेन्द्र तिवारीले बताए।
कुश्मा–१० पीपलटारी र फलेवास–३ शङ्करपोखरी जोड्नेगरी मल्याङदीखोलामाथि मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ । करिब १६ मिटर लामो यो पुल झण्डै रु चार करोडको लागतमा बन्नेछ । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने उक्त पुल दुई वर्षभित्र सम्पन्न हुने अधिकारीले बताए । यो पुलका लागि चालू आवमा रु ७५ लाख विनियोजन भएको छ ।
यसैगरी दक्षिण पर्वतको पैँयू गाउँपालिका–७ स्थित भोर्ले खोला पनि मोटरेबल पुलको निर्माण प्रक्रिया अघि बढेको छ । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने यो पुलका लागि चालू आवमा रु ३० लाख विनियोजन भएको छ । यसै वर्ष बोलपत्र आह्वान प्रक्रिया पूरा गरी सम्झौता गरिने भन्दै आगामी वर्षको बजेटबाट पुल निर्माण सुरु हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । उनका अनुसार चारवटै मोटरेबल पुलको निर्माण अवधि दुई वर्षको रहेको छ ।
आगामी दुई वर्षभित्र चारवटै पुल निर्माण सम्पन्न हुने छन् । निर्माणाधीन लिदिखोला र छत्तिसेघाट मोटरेबल पुल चालू आवमै सम्पन्न हुने उनको भनाइ छ । बजेटको सुनिश्चितता भएपछि बाँकी दुई पुल निर्माण थालिे प्रमुख अधिकारीले बताए । मोटरेबल पुल निर्माणपछि बर्खायाममा ठप्प जस्तै हुने ती सडक सञ्चालन हुने भन्दै स्थानीय खुसी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु, किसानलाई राहत
असार २, २०८१ आइतबार
मोहना नदीमा एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार