लाभांश नदिएको कामना सेवा विकास बैंकको प्रमुख आम्दानीको श्रोत नै घट्यो
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार १३:२५:१४
१४ फागुन, काठमाडौं । सधैं विवाद र काण्डहरूका कारण चर्चामा आइरहने कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा शेयरधनीलाई कुनै पनि लाभांश दिन सकेन । बैंकको चालु आर्थिक वर्ष ०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको खुद ब्याज आम्दानी नै भारी मात्रामा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास र गत आर्थिक वर्षको दोस्रो त्रैमासलाई दाँजेर हेर्दा बैंकको खुद ब्याज आम्दानी ६ दशमलव २४ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वितरण योग्य मुनाफा पनि घटेको छ । बैंकको वितरण योग्य मुनाफा ११ प्रतिशत भन्दा माथिले घटेको छ । करोडौंको कर्जा प्रवाह गर्दा कमिशन खाएर खोला र बगरको अधिक मुल्यांकन गर्दा यस बैंकका पूर्व सीईओदेखि प्रबन्धक समेतको जागिर गएको थियो ।
यस बैंकमा संचालक समितिको अध्यक्षमा सुदीप आचार्य रहेका छन् । उनी डिस होमका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । बैंकको संचालक समितिका अन्य सदस्यमा भीम प्रसाद तुलाचन, चतुराखर अधिकारी, विश्वेश्वर सुवेदी र बलराम बराल रहेका छन् । बैंकको स्वतन्त्र संचालक सदस्यमा सीता घिमिरे रहेकी छिन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ दिनेश थकालीदेखि डेपुटी सीईओमा विनय दाहाल रहेका छन् । दाहाल चीफ रिकभरी अफिसर पनि हुन् । त्यस्तै विभागीय प्रमुखहरूमा हरिप्रसाद लम्साल, विकास ढुंगाना, दीपेन्द्र सुवेदी र विष्णुप्रसाद बस्ती रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् ६ महिनाको अवधिमा बैंकले २५ करोड ८९ लाख बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १९ करोड ५८ लाख बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३२ दशमलव १९ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब २ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ९५ करोड ८८ लाख बराबर खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ६ दशमलव २४ प्रतिशतको गिरावट भएको छ । त्यस्तै, संचालन मुनाफा ३२ दशमलव २४ प्रतिशतले वृद्धि हुँदै ३७ करोड पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले २७ करोड ९८ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी:
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २६ दशमलव ५४ प्रतिशतले बढेको छ ।
वितरण योग्य मुनाफा :
कम्पनीको वितरण योग्य मुनाफा १७ करोड ४५ लाख रहेको छ । गत आर्थिक वर्ष वितरण योग्य मुनाफा १९ करोड ८१ लाख थियो । समीक्षा अवधिमा वितरण योग्य मुनाफा ११ दशमलव ९० प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा १० रुपैयाँ ६४ पैसा रहेको छ । गत आर्थिक वर्ष प्रतिशेयर वितरण योग्य मुनाफा १२ रुपैयाँ शून्य ८ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५६ अर्ब २९ करोड निक्षेप संकलन गरी ४३ अर्ब ९८ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ५ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि शून्य दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष ८ दशमलव ३५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड पुगेको छ भने संचित मुनाफा २३० दशमलव ८२ प्रतिशतले बढेर १७ करोड ४५ लाख पुगेको छ ।
किताबी मूल्य
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १५१ रुपैयाँ ६१ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ३ दशमलव ४२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा ३ दशमलव ७० प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही घट्दै ११ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ९९ प्रतिशत थियो ।
ठूला शेयरधनीः
आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा तुलसा पाण्डे रहेकी छिन् । बैंकमा उनको २ दशमलव ४३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
आर्थिक वर्ष ०७९/८० मा शेयरधनीलाई कुनै पनि लाभांश नदिएको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ४ दशमलव ४१ प्रतिशत बोनस र शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश मात्र दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै कति दिन लाग्ला ?
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार