युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ९, २०७६ सोमबार २१:११:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/ukrain2019-04-22-6_Ip84o98gFv.jpeg)
एजेन्सी । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।
राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३।२ प्रतिशत मत प्राप्त गरेका थिए । निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४।४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । यद्यपी करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ ।
चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणमा देखिएको थियो ।
यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिएका थिए । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका हुन् । तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन ।
युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०।२ प्रतिशत र पोरोशेन्कोले १६।७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्व प्रधानमन्त्री युलियाले १३।०८ प्रतिशत मत प्राप्त गरेका थिए ।
करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।
युक्रेनको संविधान अनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ ।
चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकहरुलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बताए ।
जेलेन्स्कीको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिका समेतका संस्था एवं सरकारबाट खुशी व्यक्त गर्दै युक्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
चुनाव पछिको मतसर्वेक्षणमा युद्धरत एवं अशान्त पूर्वी क्षेत्रबाट भारी मत प्राप्त गर्नुभएका जेलेन्स्कीले राष्ट्रपति पोरोशेन्कोको पकड क्षेत्रबाट पनि बढी मत प्राप्त गर्ने देखाइएको थियो ।
पराजित राष्ट्रपति पोरोशेन्कोले आफ्नो हार भएको स्वीकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिए । उनले पछिल्लो नतिजाबाट रुस खुशी भएको हुनसक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।
विश्लेषकहरुले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन् । मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको देखिएको जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार