भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात निर्यात प्रभावित
नेपालबहस संवाददाता
फागुन १७, २०८० बिहिबार १२:९:५५
१७ फागुन, भैरहवा । भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात निर्यात प्रभावित भएको छ । चार घण्टाभन्दा बढी समय भन्सारमा केही काम नभएको व्यवसायीहरुले बताएका छन् । सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात निर्यात गर्दा प्रयोग हुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आसिकोडाले काम नगर्दा आयात निर्यात नभएको भन्सार एजेन्ट महासंघ नेपालका सचिव कृष्ण प्रसाद घिमिरेले बताए ।
सर्भर डाउन हुने समस्या अहिलेको मात्रै होइन । बेला बेलामा सर्भर डाउन हुने गर्छ । सर्भर डाउन हुँदा आसिकोडा सफ्टवेयर चल्दैन । सफ्टवेयर नचलेपछि आयात निर्यातको कामै ठप्प हुन्छ । यस्तो गम्भीर विषयमा कार्यालय र विभाग कहिले पनि जिम्मेवार देखिने नगरेको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका घिमिरेले बताए ।
आयात निर्यात प्रभावित हुनु भनेको राजश्व प्रभावित हुनु हो । समयमै आयात निर्यात नहुँदा राज्यको दैनिक राजश्व संकलन प्रभावित हुन्छ। अर्कोतर्फ व्यवसायीले यातायात शुल्क, पार्किङ शुल्कलगायतका अन्य शूल्कको भार बहन गर्नुपर्ने घिमिरेको भनाइ छ।
आयात निर्यातका कुनै काम हुन नसकेको गुनासो व्यवसायीबाट आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । भन्सार नाकामा हुनु पर्ने चुस्तता नदेखिएको श्रेष्ठले प्रतिक्रिया दिए। प्रविधि र पूर्वाधार निर्माणमा सुस्त देखिएको उनको भनाइ थियो।
आधुनिक एवं डिजिटल प्रविधि चुस्त नहुँदा आयात निर्यातका काममा निकै समस्या र चुनौती थपिँदै गएको छ। यस्ले राजश्स्वमा समेत प्रभाव पारेको श्रेष्ठले बताए। सर्भर डाउन हुने र आसिकोडा सफ्टवेयरले काम नगर्ने समस्या देशभरका भन्सार कार्यालयको समस्या हो।
सरकारले २०७८ माघ १२ गतेदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गरेको थियो विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरूमा अनलाइन प्रणाली आसिकोडा लागु गरेको थियो ।
भन्सार नाकालाई प्रविधिको माध्यमबा चुस्त बनाइ नाकामा व्यापारलाई सहजीकरण गर्ने उत्कृष्ट अनलाइन प्रणाली आसिकोड लागु गरे पनि सर्भर डाउन भएर काममा सुस्तत आइरहेको व्यवसायीको भनाइ छ।
आसिकोडा प्रणाली विश्वका ९० बढ देशले लागु गरेका छन् । जसमा नेपालको भन्सार पनि जोडिएको छ। सीमा नाकाबाट सामान आएदेखि जाँचपास, प्रमाणीकरणसम्मकाे काम त्यहाँ सिस्टमले डिजिटल रूपमै गर्ने हुँदा अन्य सफ्टवेयरको आवश्यकता नहुने अपेक्षा व्यवसायीको थियो।
भैरहवा भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृत नारद गौतमले यो सर्भर डाउन र आसिकोडा नचल्ने समस्या केन्द्र बाट भएको तथा भैरहवा भन्सार कार्यालयका सबै प्रविधिले काम गरिरहेको दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
वीरगञ्जमा रोकिएन तस्करी, बिलबिजक जारी नभएका २७ करोडका सामान बरामद
असार ३, २०८१ सोमबार
कर घटाउने माग लिएर गएका व्यापारीलाई परराष्ट्रमन्त्री श्रेष्ठको घरमा चियानास्ता
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार