स्थानीयकाे गुनासाे- ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार ८:८:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Bijuli-batti_1E47ys41nM_yR98AnLRsl.jpg)
२२ फागुन, ढोरपाटन (बागलुङ)। बागलुङको निसीखोला गाउँपालिका ५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपर्थ्याे । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपर्थ्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुगेको हुँदा यात्रामा पनि सहज नै छ । तर अहिलेसम्म अन्धकारमा बस्न बाध्य स्थानीयले गाउँमा विद्युत् ल्याइदिन माग गरेका छन् ।
जिल्लाको सबैभन्दा दुर्गम मानिने निसलढोरका स्थानीयले गोबरको गुइठा, दियालो र टुकीको भरमा रात कटाउने गरेका छन् । सामान्य भए पनि स्वास्थ्य सेवा दिने हिसाबले गाउँपालिकाले गत जेठ महिनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गर्दै आएको छ ।
नेपाल टेलिकमले निसीखोलाको शिरमा टावर निर्माण गरेर गत असोजबाट मोबाइल ‘नेटवर्क’ सञ्चालन गरेको छ । गाउँमा हुनेखानेले त सौर्य ऊर्जा (सोलार)को प्रयोग गरेका छन् भने सामान्य परिवार अन्धकारमै छन् । स्थानीय मनबहादुर विकले गाउँमा विस्तारै विकासले गति लिन थाले पनि वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता हट्न नसकेको गुनासो गरे । विद्युतको सुविधा नहुँदा मोबाइल फोनमा टावरले काम गरे पनि बेँसीमा बस्ने आफन्तसँग कुराकानी गर्न नपाइने उनको भनाइ छ । एउटा मोबाइल फोन चार्ज गर्नका लागि तीन घण्टा हिँडेर ढोरपाटन उपत्यका पुग्नुपर्ने स्थिति रहेको उनले बताए ।
“गाउँका विकास नभएको होइन, विस्तारै हुँदै छ, हाम्रो मुख्य समस्या अहिले बिजौली (बिजुली) बत्तीको छ, सरकारलाई हाम्रो पीडा सुनाएका छौँ, कहिले आउँछ भन्ने अत्तोपत्तो छैन, आउन त आउला एक दिन तर हामीहरूलाई निकै खाँचो छ”, विकले भन्नुभयो, “पहिला–पहिले बेँसी (निसीगाउँ)मा बस्दा त बिजौलीको सुविधा थियो, यहाँ आएपछि तर अँध्यारोमा बस्नुबाहेक अरु विकल्प छैन, सानो मोबाइल चलाउँछु चार्ज गर्न ढोरपाटन पुग्नुपर्छ, कहिलेकाहीँ अतेरलाग्दा आफन्तलाई फोन गर्नुपर्छ ।”
पाँच वर्ष अगाडिसम्म निसेलढोर निसीका स्थानीय बर्खामा पुशचौपाय चरन र खेतीपातीका लाग आउने गर्थे भने हिउँदमा बेँसीमै बस्थे । तर अहिले करिब ६० घर परिवार बाह्रै महिना यही बस्न थालेका छन् । स्वास्थ्य संस्था सञ्चालनमा आएपछि बुर्तिबाङ जानुपर्ने समस्या समाधान भएको स्थानीय कलीकुमारी सुनारले बताए । विद्युत् नहुँदा साँझ पर्दाबित्तिकै खाना खानुपर्ने र बालबालिकाले साँझमा पढ्न नपाउने उनको भनाइ छ ।
उनले भने, “यो ठाउँमा कहिले बिजुली आउँछ ?, कि हामी सधैँ यस्तै अँध्यारोमा बस्नुपर्ने हो ?, सबै ठाउँमा पुग्यो यहाँ अहिलेसम्म नआउँदा हामीहरू निकै मर्कामा छौँ, हाम्रो समस्या बुझ्ने नेता नभएर हो कि, बिजुलीबिनाको टावर छ, मोबाइल अफ छन्, बिजुली हुन्थ्यो भने टिभी चलाउन पाइन्थ्यो, टाढा–टाढाका घटना, समाचार देख्न पाइन्थ्यो, के गर्नु छैन ।”
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक विकटताका कारण अहिलेसम्म निसेलढोरमा विद्युत् पुर्याउन नसकेको बताए । विद्युतको पहुँच पुर्याउनका लागि स्थानीय जलविद्युत र विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उनको भनाइ छ । आफू निर्वाचित हुनु पूर्वदेखिनै यहाँ विद्युत् पुर्याउने विषयमा माथिल्लो निकायसँग माग गरेको जनाउँदै उहाँले अब केही समयमा यहाँका नागरिकले विद्युत् बाल्न पाउने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार