अन्नपूर्णा मार्बलमा राजश्वको छापाः नक्कली भ्याट बिल बनाएर करोडौंको राजश्व छली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १९:३१:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/tax_news_yfAtrNj1QN_vlSq1GJClR.png)
२२ फागुन, विराटनगर । विराटनगरको भृकुटी चौकमा रहेको अन्नपूर्णा मार्बल एण्ड सेनिटरीबाट स्टीमेट बिलदेखि नक्कली भ्याट बिलसम्म जारी गरेर व्यापक राजश्व छली गर्ने गरेको आशंका गर्दै राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
राजश्व स्रोतका अनुसार विराटनगरको भृकुटी चौकमा संचालन हुँदै आएको अन्नपूर्णा मार्बल एण्ड सेनिटरीले केही समय पहिले १ लाख ७२ हजार ६९ रुपैयाँको बिलविजक जारी गर्नुपर्नेमा बिलविजक जारी नगरी स्टिमेट बिलबाट सामान बिक्रीवितरण गरेपछि मूल्य अभिबृद्धि कर छली गर्ने गरेको तथ्य खुलेको थियो ।
सो घटनापछि राजश्व अनुसन्धान सुनसरीले कम्पनीमा छापा हान्दै आवश्यक कागजात नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालेको हो । निजले धेरै पहिलेदेखि नै स्टिमेट बिलका भरमा मार्बल र टायल्सको बिक्रीवितरण गर्दै आएको थियो । लामो समयदेखि मार्बल, टायल्स लगायत सेनिटरीको काम गर्दै आएको अन्नपूर्णा मार्बल एण्ड सेनिटरीका संचालकले ठूलो मात्रामा राजश्व चुहावट गर्ने गरेको तथ्य खुल्न पुगेको हो । यो सँगै मार्बल र टायल्समा हुने अनधिकृत व्यापारिक कारोबारका थप तथ्यहरू खुल्न सक्ने अनुमान राजश्वले गरेको छ ।
स्रोतका अनुसार लामो समयदेखि अन्नपूर्णा मार्बल एण्ड सेनेटरीबाट मिस्त्रीमार्फत मार्बल र टायल्सको बिक्री गर्दा मिस्त्री कमिशन भनी रकम कट्टा गरी दिने फर्म संचालकको नियतका कारण सरकारले सोचे भन्दा न्यु राजश्व बुझाएर ती संचालकले ठूलो मात्रामा राजश्व छल्न सफल भएका थिए । यस बाहेक अन्नपूर्णा मार्बलका भन्सार एजेन्टमार्फत भन्सारबाट समेत ठुलो परिमाणमा भन्सार राजश्व पनि ठगी गर्न सफल हुँदै आएको बताइएको छ । अन्नपूर्णा मार्बल एण्ड सेनिटरीका संचालकले पछिल्लो समय जीएसटी प्रणाली लागु भएपछि पनि विराटनगर भन्सार नाका भएर न्यून रुपमा सामान आयात गर्न थालेपछि त्यस्तो कारोबारको भित्री पाटोसम्म पुग्न आवश्यक रहेको बताइएको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरको कर दाता नम्बर ३०३३२१००६ कायम रहेको अन्नपूर्णा मार्बल एण्ड सेनिटरी फर्म सुनिता अग्रवालको नाममा दर्ता रहेको छ । फर्म संचालकमा सुनिता अग्रवालको नाम कानुनी रुपमा रहेको देखिएता पनि मुख्य संचालकमा उनका श्रीमान कमल अग्रवालले अन्नपूर्णा मार्बल एण्ड सेनेटरीको काम गर्ने गरेको दावी स्रोतको छ । श्रीमतीलाई संचालक बनाएर कमल अग्रवालले करोडौंको राजश्व चोरी गर्न सफल भएको साथै अन्नपूर्णा मार्बल एण्ड सेनेटरीले बिलविजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी उपभोक्तासँग असुली गर्ने गरेको बताइएको छ । जसले गर्दा पछिल्लो समय अन्नपूर्णा मार्बल एण्ड सेनेटरीको व्यवसायीक कारोबार नै विवादास्पद बन्न पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार