बीमा क्षेत्रको नियमनकारी निकायमा पौडेल नियुक्त
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १६:५४:५५
काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमण पौडेल नियुक्त भएका छन् । गत जेठदेखि उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गर्दै आएका थिए । बीमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि बीमा समितिले रित्त रहेको कार्यकारी निर्देशक पदमा पौडेललाई नियुक्त गरेको हो । पौडेल दुई दशकभन्दा लामो समयदेखि बीमा समितिमा कार्यरत छन् ।
बीमा समिति नेपालको बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय हो । यो समिति नेपाल सरकार, अर्थ मन्त्रालयको एउटा लाईन सङ्गठन पनि हो। बीमा ऐन, २०४९ अनूसार नेपाल अधिराज्य भित्र बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नका लागि बीमा समितिको स्थापना भएको हो। नेपाल राज्य भित्रका बीमा तथा सो सम्बन्धि गतिविधिलाई यस समितिले नियमनकारी संस्थाको हैसियतले निगरानी राख्दै आएको छ । यस संस्थाको मूल उद्देश्य भनेको विकसित, स्वस्थ र पेशागत बीमा बजारको विकास गर्नु नै हो ।
वि.सं.२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना भए पश्चात अन्य क्षेत्रहरूमा जस्तै बीमा क्षेत्रमा पनि परिवर्तनहरू देखा परे। परिवर्तित सर्न्दर्भलाई मनन गरी वि.सं. २०४९ सालमा बीमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै नयां बीमा ऐन २०४९ जारी भएको थियो। ऐनको प्रस्तावनामा नै स्पष्ट रूपमा भनिएको छ बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा समितिको स्थापना गरिएको हो । प्रस्तावनामा उल्लेखित लक्ष्य प्राप्त गर्नका लागि एक स्वायत्त संस्थाका रूपमा बीमा ऐन २०४९ अनुसार बीमा समितिको स्थापना भएको हो। बीमा समितिको संगठन संरचनामा अध्यक्षपछि दोस्रो बरियतामा कार्यकारी निर्देशक रहने व्यवस्था रहेकोछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
कञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार
जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
वीरगञ्जमा रोकिएन तस्करी, बिलबिजक जारी नभएका २७ करोडका सामान बरामद
असार ३, २०८१ सोमबार
बंगलादेशसँग २१ रनले पराजित भयो नेपाल
असार ३, २०८१ सोमबार