सीमामा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर, १ हजार ४ सय २ जनाको परिक्षण
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १३:२८:५६
२७ फागुन, काठमाडाैं। सीमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बीचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सीमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सीमामा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पताल बलम्वु र परोहा नगरपालिका तथा प्रादेशिक अस्पताल रौतहटको सहकार्यमा फागुन २६ गते रौतहटको परोहा नगरपालिका ४ लौकाहास्थित ब्रहमज्योती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा संचालन गरिएको स्वास्थ्य शिविर कार्यक्रममा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष प्राब्दा सिंह शाह, परोह नगरपालिकाका नगर प्रमुख शेख वकिल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, नेपाल भारत सीमासँग जोडिएका ४ वटा पालिकाका १३ वटा वडाका सीमा सहजीकरण समितिका अध्यक्ष तथा पदाधिकारीहरु र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री तथा प्रसुती रोग, आँखा, दाँत नाक, कान, घाँटी लगायत अन्य रोगहरुको समेत परिक्षण गरिएको थियो । शिविरमा महिला, बालबालिका र बृद्धबृद्धा गरी कुल १ हजार ४ सय २ दुई जना सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार