ठेकेदारको लापरवाहीले पूर्वमेयर खाँणको स्मार्ट सिटी वालिङको अवधारण नै अलपत्र
मोहन गुरुङ
फागुन २८, २०८० सोमबार १४:१२:३३
२८ फागुन, काठमाडौं । वालिङलाई स्मार्ट सिटी बनाउने योजना अलपत्र परेको छ । २५ महिना बित्दा पनि ‘वालिङ सरसफाइ केन्द्र’का लागि सरसफाइ मेसिन (औजार) नल्याउँदा स्मार्ट सिटी वालिङको सपनामा धक्का लागेकोहाे । पूर्व नगर प्रमुख दीलिपप्रताप खाँणको कार्यकालमा सम्झौता भएको ठेक्काका कारण सरसफाइ केन्द्र यतिबेला अस्तव्यस्त बनेको छ । खाँणको कार्यकालको अन्तिम समयमा सरसफाइ केन्द्रका लागि गरिएको ठेक्का सम्झौता कार्यान्वयन नहुँदा स्मार्ट सिटीका पिता मानिँदै आएका पूर्व प्रमुख खाँणलाई जिस्क्याइरहेछ ।
सरसफाइ केन्द्रका लागि मेसिनरी औजार खरिदको अनुमति पाएको खैरबाङ निर्माण सेवा जाजरकोट र निर्माण कम्पनीका तर्फबाट अख्तियारप्राप्त व्यक्तिको लापरबाही र बदमासीका कारण २५ महिना बित्दा पनि सम्झाैता बमाेजिमकाे सामग्री नगरपालिकालाई बुझाइएकाे छैन् ।
निर्माण कम्पनीका तर्फबाट सिर्जन सुवेदीले नगरपालिकासँग ठेक्का सम्झौता गरेका थिए । २०७८ माघ १६ गते १ करोड ६ लाखको ठेक्का सम्झौता गरी तत्कालीन समयमा ठेकेदार सुवेदीले २१ लाख रुपैयाँ पेश्की स्वरूप लगेका थिए । सुवेदी खैरबाङ निर्माण कम्पनीका प्रोप्राइटरका ज्वाइँ हुन् । सुवेदीका पिता कमल सुवेदी अघिल्लो कार्यकालका लागि वालिङ नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष हुन् । राजनीतिक आडका कारण ठेकेदारले अहिलेसम्म नगरपालिकालाई झुक्याइरहेका छन् ।
२०८० असार मसान्तसम्मको समयावधि भएको ठेक्का २०८१ को असारसम्म पनि पुरा हुने छाँटकाँट छैन । ठेक्का सम्झौताका अख्तियारी पाएका सुवेदीले केही दिनमा सामान आउने दावी गरेका छन् । ‘सामान ल्याउने प्रक्रियामा छ । हामीले लिएको अन्तिम डेटलाइनसम्म ल्याउने कोशिस मै छौं,’ सुवेदीले भने । स्मरण होस्, सुवेदी, शरद तिवारी र सिद्धान्त खाँणले नगरपालिका भित्र इन्नोभेसन सेन्टरका नाममा लाखौं रुपैयाँ हिनामिना गरेको आरोप छ । सिद्धान्त पूर्व नगर प्रमुख खाँणका छोरा हुन्।
पटक–पटक म्याद थप्दा पनि ल्याएनन् सामग्री
२०७८ माघ १६ गते गरिएको सम्झौताको अवधि २०७९ असार मसान्तसम्म थियो । सरकारले एकवर्ष म्याद थप गरी २०८० असार मसान्तसम्मलाई लम्ब्याइयो । दुई वटा असार मसान्तको समयावधि पाउँदा पनि ठेकेदार कम्पनीले सामान ल्याउन सकेनन् । पुनः नगरपालिकासँग २ महिनाका लागि म्याद मागियो । म्याद थप भयो । सो अवधिमा पनि सामान ल्याउन सकेनन् । पुनः एक महिनाका लागि म्याद थपियो । सो समयमा पनि औजार ल्याउन सकेनन् । पुनः २० दिनका लागि म्याद थपियो । २० दिनको म्याद थप्दा पनि औजार आएनन् । पटक पटक म्याद थप गरिनुमा पूर्व नगर प्रमुखको दबाव रहेका पाइएको छ ।
ठेक्का सम्झौता रद्द गर्ने निर्णय
ठेकेदारले चरम लापरबाही गरेको निष्कर्ष निकाल्दै वालिङ नगरपालिकाले ठेक्का रद्द गर्ने निर्णय गरेको छ । गत फागुन २४ गतेको कार्यपालिका बैठकले खैरबाङ निर्माण सेवा र कम्पनीद्वारा अख्तियार प्राप्त व्यक्तिसँगको सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले बताए । नगर प्रमुख खाँणले भने, ‘ठेकेदारसँगको सम्झौता रद्द प्रक्रिया अगाडि बढिसकेको छ । प्रशासनलाई कार्यान्वयन गर्न/गराउन निर्देशन दिइसकेको छु ।’ उक्त मेसिन खरिद प्रक्रिया नयाँ प्रक्रियाबाट सुरु हुने खाँणले बताए ।
मोहन गुरुङ
नेपालबहस डटकमका सह–सम्पादक मोहन गुरुङ एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । स्याङजा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका गुरुङले अकला आवाज साप्ताहिक, रेडियो वालिङ, सौर्य न्युज र नागरिक दैनिकमा काम गरिसकेका छन् । भ्रष्टाचार, अनियमितता, विकृति एवं विसंगतिका विरुद्ध तिखो कलम चलाउने गुरुङ आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।
लेखकबाट थपजंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कर्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
असार ३, २०८१ सोमबार
जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर
असार ३, २०८१ सोमबार
संसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार