बजेट अभावमा राप्ती सोनारी रङ्गशाला अलपत्र
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १५:५२:७
२९ फागुन, राँझा 'बाँके' । बाँकेको राप्ती सोनारी गाउँपालिकामा निर्माणाधीन रङ्गशाला बजेट अभावमा अलपत्र परेको छ । राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रङ्गशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन् ।
रङ्गशाला निर्माण नहुँदा वडा तथा गाउँपालिकास्तरीय खेलकुदका प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुने गरेको स्थानीय युवा सुनिल गिरीले बताए । उनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले रङ्गशाला निर्माणमा चासो नदेखाएको आरोप लगाए।
राप्ती सोनारी–५ बिनौनास्थित भुवर भवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले राप्ती सोनारी रङ्गशाला निर्माण भए गाउँस्तरबाट खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्ने बताए । व्यवस्थित रङ्गशाला नहुँदा विद्यार्थीले खेलकुदका अभ्यास गर्न नपाएको उनको भनाइ छ ।
राप्ती सोनारीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले रङ्गशाला निर्माणमा ठूलो बजेटको आवश्यकता भएको बताए । “विगतका वर्षमा आएको बजेटले वाल लगाउने काम भएको छ, ठूलो बजेटको आवश्यकता छ थोरै आउँछ”, देवकोटाले भने, “यो आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ, त्यसबाट मर्मतसम्भारको काम गर्ने तयारी गरेका छौँ ।”
यस वर्ष राप्ती सोनारी रङ्गशालामा आएको रु १५ लाख बजेटमा माटो पटानलगायत काम हुने भएको छ । रङ्गशाला भित्रै रहेका रूख कटानका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरिएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । गाउँपालिका अध्यक्ष तप्त पौडेलले आगामी वर्षमा रङ्गशाला निर्माणका लागि गाउँपालिकाबाट पनि बजेट विनियोजन गर्ने र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पनि बजेटका लागि पहल गर्ने बताए ।
बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले अलपत्र अवस्थामा रहेको राप्ती सोनारी रङ्गशालालाई पूर्णता दिँदै नरैनापुर रङ्गशाला र कोहलपुरमा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजनका लागि आफूले पहल गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना
असार २, २०८१ आइतबार
‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार