बैरेनी एकीकृत बस्ती आयोजनाः जग्गाधनीलाई जग्गा र पुर्जा वितरण गरिने
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १७:२७:०
२९ फागुन, तनहुँ । व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजना अन्तर्गतका जग्गाधनीलाई जग्गा र अस्थायी जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ ।
व्यास–१० स्थित बैरेनीमा कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये पहिलो चरणमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारका काम भइरहेको हो । अबको दुई वर्षभित्र जग्गाधनीलाई स्थायी जग्गाधनी पूर्जा वितरण गर्ने लक्ष्यका साथ निर्माण अघि बढाइएको आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा विकासित निजी घडेरी ६९ दशमलव १७ प्रतिशत, बाटो र ढल निर्माणमा १८ दशमलव ९४ प्रतिशत, खुल्ला क्षेत्र सार्वजनिक पाँच दशमलव ८८ प्रतिशत, बिक्रीयोग्य जग्गा चार दशमलव ७९ प्रतिशत र खोल्सी तथा रिटेनिङ पर्खालमा एक दशमलव १२ प्रतिशत आयोजनाको भू–उपयोगका लागि छुट्याइएको छ ।
त्यसैगरी, दोस्रोचरणमा पक्की नाला कभर सडकसहित कालोपत्र, ढल व्यवस्थापन, आयोजना क्षेत्रमा एक सय आठ वटा विद्युत् पोल निर्माण गरी प्रसारण लाइनका लागि विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रसँग समन्वय गरिनेछ ।
त्यसैगरी आयोजना अन्तर्गत सडकका दायाँबायाँ सडक सञ्जालसँगै खानेपानीका लागि पाइप विच्छ्याइनुका साथै उपभोक्ता समिति भवन निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख मुलले बताए ।
बिक्रीयोग्यमा रहेको चार दशमलव ७९ प्रतिशत अर्थात करिब तेह्र रोपनी जग्गा पूर्वाधार निर्माण लागि छट्ट्याइएको र सो जग्गा बिक्री गरेर नगर विकास कोषसँग लिएको ऋण तिर्ने योजना छ । विसं २०७७ मा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकीकरण विकास आयोजनाको सुरुवात गरिएको थियो । विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि निर्माण कार्यले गति लिएको हो ।
एकीकृत बस्ती आयोजनाको निर्माण सम्झौता अगावै सम्पन्न गर्नेमा भक्तपुरपछिको व्यास नगरपालिका अग्रसर बनिरहेको उनले बताए। उक्त आयोजनामा नगर विकास कोषको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । कूल रु तेह्र करोडमध्ये कोषले रु नौ करोड १० लाख ५० हजार चार सय र नगरपालिका तथा गण्डकी प्रदेशको रु चार करोड लगानी छ ।
“नगर विकास कोषसँग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहेको छ भने वार्षिक ब्याजदर आठ प्रतिशतमा ऋण लगानी गरेको छ । विसं २०८१ सम्म आयोजनाको निर्माण अवधि रहेको छ”, उनले भने “निर्माण अवधिभर लिएको ऋणको कुनै ब्याज र किस्ता तिर्नुपर्दैन् ।”
विसं २०८५ भित्र आयोजना सम्पन्न गर्ने सम्झौता रहेपनि २०८२ भित्र सम्पन्न गर्ने तरिकाले काम भइरहेको उनको भनाइ छ । बस्तीले साँघुरिँदै गएको दमौलीमा एकीकृत बस्ती बसाउन दीर्घकालीन सोचका साथ नगरपालिका अघि बढेको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
“दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ”, उनले भने, “भावी पुस्ताका लागि पनि बस्ती बसाउन नगरपालिकाले नगर विकास कोषसँग हातेमालो गर्दै अघि बढेको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना
असार २, २०८१ आइतबार
‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार