तीन कम्पनी मिल्दा पनि हिमालयन लाइफमा देखिएन सिनर्जी, नयाँ व्यापार नै घट्यो, लगानीकर्ताको हात खाली
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १८:५०:९
१ चैत, काठमाडौं । तीन जीवन बीमा कम्पनी प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मर्ज भएर बनेको कम्पनी हिमालयन लाइफ इन्स्योरेन्समा सिनर्जी देखिन सकेको छैन । बरु मर्जर पश्चात् कम्पनीको व्यापार लगातार सुकेको छ ।
जीवन बीमा कम्पनीको हकमा एकदमै महत्वपूर्ण मानिने प्रथम बीमा शुल्क नै हिमालयन लाइफ इन्स्योरेन्सको १६ प्रतिशतले घटेको छ । साथै कम्पनीको मुनाफा पनि घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास र गत आर्थिक वर्षको दोस्रो त्रैमासलाई दाँजेर हेर्दा खुद मुनाफा ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिशन पनि घटेको छ । अभिकर्ता कमिशन ८ प्रतिशत भन्दा धेरैले घटेको छ । त्यस्तै कम्पनीले माघ महिनामा बल्ल अघिल्लो आर्थिक वर्ष ०७८/७९ को साधारणसभा गरेको छ । कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरे पनि शेयरधनीको हात भने खाली नै भएको छ । कम्पनीले यसपटक कुनै पनि प्रकारको लाभांश दिएन ।
यस कम्पनीमा संचालक समितिको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् । कम्पनीको संचालक समितिका अन्य सदस्यमा विवेक दुगड, सौरव दुगड, राजीव प्रसाद प्याकुरेल, प्रमिला केसी थापा, दिगम्भर झा र सचिन आचार्य रहेका छन् । त्यस्तै कम्पनीकाे उच्च व्यवस्थापनमा सीईओ मनोज कुमार लाल कर्ण रहेका छन् ।
कस्तो आयो हिमालयन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म जम्मा ३४ करोड ६० लाख बराबर मुनाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ७१ लाख बराबर मुनाफा कमाएको थियो । यसरी खुद मुनाफामा ८ प्रतिशतले गिरावट आएको छ ।
बीमा शुल्क आर्जनः
कम्पनीले ८ अर्ब ९ करोड बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ७ अर्ब ४६ करोड बराबर कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जनमा भने ८ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन ८ दशमलव २९ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ८९ करोड पुगेको छ ।
प्रथम बीमा शुल्क आर्जनः
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले जम्मा १ अर्ब ६ करोड बराबर प्रथम बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २७ करोड बराबर प्रथम बीमा शुल्क आर्जन गरेको थियो । यसरी प्रथम बीमा शुल्क आर्जनमा १६ दशमलव ४० प्रतिशतले गिरावट आएको छ ।
अभिकर्ता कमिशनः
कम्पनीले दोस्रो त्रैमाससम्म ६५ करोड ६३ लाख अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ७१ करोड ३६ लाख अभिकर्ता कमिशनमा खर्च गरेको थियो । व्यापार नै कम भएपछि अभिकर्ता कमिशन पनि खर्च ८ प्रतिशतले घटेको छ ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६३ पैसा हुन आउँछ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी १० रुपैयाँ शून्य २ पैसा थियो । यसरी प्रतिशेयर आम्दानी १३ दशमलव ८७ प्रतिशतले घटेको छ ।
संचित मुनाफाः
आर्थिक वर्ष ०७९/८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा संचित मुनाफा ७४ दशमलव ८० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३० करोड पुगेको छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १२३ रुपैयाँ १३ पैसा हुन आउँछ ।
ठूला शेयरधनीः
आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठुलो शेयरधनीमा सुलभ अग्रवाल रहेका छन् । कम्पनीमा उनको १२ दशमलव ६३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार