शुक्लाफाँटा पर्यटन महोत्सव हुने
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १६:९:५४
५ चैत, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटक आकर्षित गर्ने उद्देश्यले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुने भएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा आगामी मङ्गलबारदेखि बिहीबारसम्म महोत्सव हुन लागेको हो ।
भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विश्वमै बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्ड अवलोकन गर्न पाइने शुक्लाफाँटाको प्रचार गरी पर्यटक भित्र्याउने उद्देश्यले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको जानकारी दिए ।
महोत्सव अवधिमा निकुञ्जभित्रको रानी ताल सफाइदेखि गड्डाचौकी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्वागत गरिने उपाध्यक्ष केसीले जानकारी दिए । “गड्डाचौकी नाका, बसपार्क, बजार क्षेत्र र नगरपालिकाभित्र पर्यटकीय क्षेत्रको बोर्ड राख्ने तयारी छ”, उपाध्यक्ष केसीले भने, “महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।”
नगरपालिकाले महोत्सव सञ्चालनका लागि दिँदै रु दुई लाख बजेट विनियोजन गरेको जनाएको छ । “प्रदेश उद्योग, वन तथा वातारण मन्त्रालयसित यसका लागि आवश्यक समन्वय र सहकार्य गरेका छौँ”, उपाध्यक्ष केसीले भने, “यहाँका पर्यटकीय क्षेत्रको विकास एवं प्रचारमा जोड दिन स्थानीय तह लागिपरेको छ ।”
शुक्लाफाँटामा बाह्रसिङ्गाका साथै पाटे बाघ, गैँडा, हात्ती, हरिणका साथै चार सय ५० भन्दा बढी प्रजातिको चराचुरुङ्गी पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
जेठ १०, २०८१ बिहिबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी
जेठ १२, २०८१ शनिबार
डाँडामा लुकेको होमस्टे : चुलिबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
फिल्म 'सानो संसार' को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
जेठ १२, २०८१ शनिबार
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा, विभिन्न स्थानमा अझै पनि अवरोध कायमै
जेठ १२, २०८१ शनिबार