नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल यसै साता सञ्चालन आउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १३:५०:८
![](https://nepalbahas.prixacdn.net/media/albums/pul_WqOYukfaRj_zyMnk7z2vk.jpg)
६ चैत, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड 'नारायणगढ–मुग्लिन' का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँच मार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उनले भने “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।”
हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ । मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । यो पुलको पहुँच सडकमा ‘वाल’ उठाएर कालोपत्र र रङरोगको काम बाँकी छ । उनका अनुसार छ महिनाभित्रमा यी दुवै पुल सम्पन्न हुनेछन् ।
काली र नाम्ची दुई वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको बताए । यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्रै बाँकी रहेको आचार्यले जानकारी दिए । उनका अनुसार यसअघि सो सडकखण्डमा १२ वटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डमा कूल १९ पुल छन् । तीमध्ये चार वटा पहिले नै निर्माण भएका थिए ।
यस सडकखण्डमा विसं २०७६ चैतदेखि विश्व बैंकको सहयोगमा १५ वटा पुल निर्माण थालिएको थिए । सडक चौडा भएपछि पुल निर्माण गरिएको हो । सडक विस्तार गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । राजधानी प्रवेशको ‘लाइफलाइन’का रुपमा यो सडकलाई लिने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु, किसानलाई राहत
असार २, २०८१ आइतबार
मोहना नदीमा एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार