इलाम उपनिर्वाचनको उम्मेदवारका लागि कांग्रेसबाट ७ जना सिफारिस
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार २१:३१:५९
६ चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ । मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो ।
सिफारिस नामहरूमा महासमिति सदस्य भेषराज आचार्य, केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र चन्द्रकला राई रहेका छन् । यी नाममा जिल्ला र प्रदेश कार्यसमिति राय लेखेर पठाउनेछ र केन्द्रले फाइनल गर्नेछ ।
इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा एमालेबाट निर्वाचित सांसद सुवास नेम्वाङको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गतेका लागि उम्मेदवारी दर्ताको मिति तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार