डीआईजी पोखरेलको प्रस्तुति: सीमा चौकी हटाऔँ, सशस्त्रको पोष्ट राखौँ !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १०:४३:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/ajani_apf_4mQbBEtDhb_feEVENK0aH.png)
७ चैत, काठमाडौं । सशस्त्र प्रहरीले हरेक वर्ष आयोजना गर्ने वरिष्ठ प्रहरी अधिकृत सम्मेलनमा डीआईजी अञ्जनीकुमार पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा आपत्ति जनाइएको छ । यही चैतको ४, ५ र ६ गतेसम्म भएको वरिष्ठ प्रहरी अधिकृत सम्मेलनमा पोखरेलले सीमाबासीसँग सशस्त्र प्रहरी भन्ने विषयवस्तु माथि प्रस्तुत गरेको प्रतिवेदनमा सहभागी सबैजसोले आपत्ति जनाएका हुन् । उनले नेपाल प्रहरीको चौकी हटाउनेदेखि बेस बीओपीमा प्रदेशले खटाउनेसम्मका कुरा राखेपछि सहभागीहरूले त्यसलाई आपत्ति जनाएका थिए ।
‘चौकी हटाउने कि राख्ने सशस्त्रको सरोकारको विषय होइन, संगठनले कस्तो काम गर्ने, सीमाबासीसँग कस्तो सम्बन्ध कायम गर्ने भन्ने सशस्त्रको चासो हो, सरकारको कार्यक्षेत्रभित्र सशस्त्रका डीआईजीले बोल्न अधिकार छैन,’ डीआईजी पोखरेलको प्रतिवेदनमा टिप्पणी गर्ने एक डीआईजीले भनेका थिए ‘ यो फौज नेपाल प्रहरी जस्तो होइन अर्धसैन्य बल हो, यसको कार्यक्षेत्र नेपाल प्रहरीको काम गर्ने होइन भन्ने कुरालाई ध्यान नदिएको देखियो ।’
उनले बाहिनीपतिलाई अधिकार भएन, मातहतका कर्मचारीलाई कारवाही गर्ने अधिकार भएन भन्दै बेस बीओपीमा कमाण्डर खटाउने अधिकार बाहिनीपतिसँग हुनुपर्ने माग गरेका थिए । साथै घुमुवा राख्न पाउनुपर्ने उनको प्रमुख माग रहेकाे सहभागी एक प्रहरी अधिकृतले बताए । त्यसैगरी मुख्यालयमा कारवाही लेखेर पठाएपछि दुई वर्ष कमाण्ड दिन नहुने र बढुवा रोक्नु पर्ने जस्ता प्रावधानमा पनि सहभागीहरूले आपत्ति जनाएकाे बताइएकाे छ ।
‘संगठनमा काम गर्ने कमाण्डर र सिपाहीहरूको मनोबल कम गर्ने गरी गरिएको प्रस्तुति सच्याउनु पर्ने र बाहिनीपतिकै सोचमा फरक आउनु पर्ने भन्दै उनको प्रस्तुतिमाथि केही एसएसपीहरुले आलोचना गरेका थिए । सशस्त्र प्रहरीकै भर्ना भएका सुरेश अधिकारी, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा भावी आईजीपीको दाबेदार हुन । तर उनीहरुमध्ये डीआईजी पोखरेल अहिले कोशी प्रदेशको बराह बाहिनीपति रहेका छन् ।
उनको प्रस्तुतिले संगठनको कामलाई प्रभावकारी बनाउने भन्दा पनि संगठनमा क्रियाशील रहेका कर्मचारीलाई कारवाही गर्नुपर्छ भन्ने तहबाट कुरा उठेपछि एआईजीहरुले सहजीकरण गर्नुपरेको थियो । ‘कमाण्डरको आत्मबल खस्काउने गरी प्रस्तुति भयो, यसले संगठनलाई ठूलै क्षति हुन्छ ’, एक एसएसपीले भनेपछि अन्य सहभागीहरूले पनि डीआईजी पोखरेलको प्रस्तुतिमाथि आलोचना भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
अहिले सीमा प्रहरी चौकी हटाउनु पर्ने प्रस्तावप्रति सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समेत आपत्ति जनाएका थिए । उनले बोर्डरमा रहेको सीमा प्रहरी चौकी स्थानीय जनताको लागि स्थापना भएको हो । त्यहाँ प्रहरी चौकी रहँदा सशस्त्र प्रहरीले कारणवश पक्राउ गर्नुपरेका मान्छेलाई थप अनुसन्धानका लागि बुझाउन सहज भएको छ । चौकी रहँदा सशस्त्र प्रहरीलाई किन आपत्ति रहनुपर्यो, यो विषय सान्दर्भिक भएन भन्दै उनको प्रस्तुतिमाथि आईजीपीले नै टिप्पणी गर्नुपरेको थियो ।
भारतमा सीमा प्रहरी चौकी सीमा क्षेत्रबाट ५ किलोमिटर टाढा हुनुपर्ने प्रावधान छ । तर हटाउने भन्ने प्रावधान नभएकाले नेपालका सीमा प्रहरी चौकीलाई हटाउने भन्ने नै हुँदैन बरु सशस्त्रले आफ्नो अधिकार कहाँसम्म राख्ने भन्ने बारेमा गृहमन्त्रालय र प्रहरीसँग समन्वय गर्न सकिने तर्क भएको थियो । वरिष्ठ सम्मेलनमा नीतिगत विषयमा कुराकानी हुने भएपनि समग्र प्रदेशका गतिविधिबारे पनि छलफल भएको थियो । यो वर्ष कोशी प्रदेशकै काम कारवाही बारे निकै चर्चा भएको सहभागी एक एसएसपीले बताए ।
प्रहरी निरीक्षक नमप्रभाव राईको कारबाहीदेखि डीएसपीको आत्महत्या प्रकरणसम्मले उक्त सम्मेलनमा चर्चा पाएको बताइएको छ । डीआईजीकै घुमुवाको रुपमा गएका इन्सपेक्टर राईले सशस्त्र प्रहरी कर्मचारीमाथि निर्घात कुटपिट गरेका थिए । मोरङको सोराभाग स्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत डीएसपी उपेन्द्र बस्यालले गरेको आत्महत्याको बारेमा बाहिनीपतिहरुले कसरी हेरिरहेका छन भन्ने बारेमा पनि त्यहाँ चासो राखिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार