संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १२:४:५५
८ चैत, इस्तानबुल । टर्कीको हिरापोलिस शहरमा एउटा मन्दिर छ, जसलाई ‘नर्कको ढोका’ भनिन्छ ।परापूर्वकालदेखि नै मानिसहरू यहाँ जान डराउँछन्। यहाँ देवताको क्रोध छ भनी मानिसहरू विश्वास गर्छन्। यही कारण यहाँ जाने मानिसको ज्यान जाने गरेको छ । प्राचीन समयमा मानिसहरूले यहाँ देवताहरूलाई प्रसन्न पार्न पशुबलि दिने गर्दथे।
तर, अहिले मन्दिरको रहस्य खुलेको छ । अन्वेषकहरूका अनुसार मन्दिर भित्र पृथ्वीको कवचबाट खतरनाक ग्याँसहरू चुहिरहेका छन्। यति मात्र होइन, मन्दिरको प्रवेशद्वारमा कार्बनडाइअक्साइडको घातक सांद्रता भेटिएको छ । यही कारणले गर्दा कुनै पनि जीवित प्राणी मन्दिरमा प्रवेश गर्ने बित्तिकै मर्छ।
पुरातत्वविद्हरूले अध्ययनमा मन्दिर भित्र कार्बनडाइअक्साइडको मात्रा धेरै भएको पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरू भन्छन् कि यस मन्दिरको दर्शन गर्नको लागि सबैभन्दा खतरनाक समय बिहान हो। किनभने रातमा ग्याँसको चुहावट धेरै छिटो हुन्छ। यदि कसैले बिहान उज्यालो हुनु अघि यस मन्दिरमा प्रवेश गर्यो भने उसको मृत्यु निश्चित छ। सूर्य उदाउने बित्तिकै ग्याँसको चुहावट कम हुन्छ। जसका कारण जीवित प्राणीको मृत्यु हुने सम्भावना पनि कम हुन्छ ।
स्ट्रोबीका अनुसार यो एक सानो खुला ठाउँ हो। यो ठाउँमा एक पटकमा एक जना मात्र प्रवेश गर्न सक्छन्। टाढाबाट हेर्दा गुफाजस्तो देखिन्छ । मन्दिर भित्रको दृश्य एकदमै धमिलो देखिन्छ। यस्तो अवस्थामा सतह हेर्न निकै कठिन हुन्छ । चरम अन्धकारका कारण त्यहाँ जाने जो कोही पनि खतरनाक ग्याँसका कारण खसेर मर्ने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार