दोषीमाथि कारवाहीको माग लिएर राज्य व्यवस्था समितिमा पुगेका सहकारी पीडितले गृहमन्त्रीविरुद्ध दिए उजुरी
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १३:५४:२५
८ चैत, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीका पीडितहरू सहकारीको पैसा ठग्ने माथि कारवाही र आफूले राखेको बचत फिर्ता हुने वातावरण मिलाइदिन माग गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका छन् ।
उनीहरुले गृहमन्त्री रवि लामिछानेविरुद्ध समितिमा सहकारी ठगीको उजुरी पनि दिएका छन् । राज्य व्यवस्था समितिमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले उजुरी दिएका हुन् ।
उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सहकारी र टेलिभिजनमा सम्बन्ध जोडिएका जीबी राईको खोजी नभएकोमा गुनासो गरेका छन् ।
बिहीबार दोषी माथि कारवाही र आफूहरूको वचत फिर्ताको वातावरण बनाइदिन आग्रहका लागि उनीहरू राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका हुन् । पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै कारवाही र वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरे ।
सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना बचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरे । सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको गुनासो गरे ।
अध्यक्ष श्रेष्ठले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईलाई सरकारले नै किन लुकाएको छ भनी प्रश्न गरे । सरकारले नलुकाएको भए विश्वमा जहाँ भएपनि समाउनुपर्ने बताए । सूर्यदर्शनका बचतकर्ताले जति आन्दोलन गरे पनि कुनै सरकारले पीडितका समस्यामा ध्यान नदिएको बताए ।
ज्ञापनपत्र बुझ्दै समितिका सभापति खतिवडाले सरकारले सहकारी पीडितलाई न्याय गर्ने विश्वास व्यक्त गरे । उनले संसदमा पनि आफूले बारम्बार आवाज उठाएको बताउँदै भने, ‘तपाँईहरुले प्रधानमन्त्रीलाई पनि भेट्नुभएको छ । पीडितहरुको समस्या समाधान गर्नुपर्छ । सहकारीकाे पैसा चलाएको भन्ने व्यक्ति अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँले पीडितहरुको समस्या समाधान गर्छौँ भनेर बोलेको सुनेको छु ।’
यस्तो छ उजुरीः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार