फागुको मौलिक गीत र प्रचलनबारे जानकारी दिन युवा पुस्ता जुटे
पाल्पामा यसरी मनाइन्छ मौलिक फागु पर्व
नेपालबहस संवाददाता
चैत ११, २०८० आइतबार १८:३८:४८
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
११ चैत, पाल्पा। पाल्पाका कतिपय स्थानमा ऐतिहासिक परम्परा अनुसार फागु पर्व मनाउन थालिएको छ । पाल्पाको ऐतिहासिक स्थल माडीको लालपाटी, चिदीपानी, रिब्दीकोटको भैरवस्थान, ख्याहा, देउराली, रैनादेवी छहराको सोमादी सर्देवामा मौलिक फागु पर्व मनाउने गरिन्छ । परम्परादेखि स्थानीय भेला भएर बगनासकाली–२ को लालपाटीमा रङ लगाएर रमाइलो गर्ने प्रचलन छ ।
यो वर्षदेखि स्थानीय बासिन्दाको पहलमा सांस्कृतिक कार्यक्रमसहित आपसी सद्भाव साटासाट गरिने स्थानीयवासी दीपेन्द्र ढकालले बताए । लालपाटीमा होलीको दिन विभिन्न क्षेत्रका आफन्त तथा साथीभाइ भेट भएर रमाइलो गर्ने, व्यापार गर्ने तथा रङ लगाउने प्रचलन कायम रहेको छ ।
माथागढी गाउँपालिकाको चिदीपानीमा परम्परागत मौलिक फागु नाच टोलटोलमा देखाइएको वडाध्यक्ष राजकुमार पन्थीले बताए । चिदीपानीमा परम्परादेखि प्रचलनमा रहेको फागु नाच नाचेर होलीलाई रमाइलो पारिएको छ । फागु पर्वको मौलिकतामा ह्रास आएको र चाडपर्वमा आयातित संस्कृति हाबी हुँदै गएको भन्दै मौलिक संस्कृति जगेर्ना गर्न फागु विशेष कार्यक्रमको आयोजना गरेका हुन् ।
फागुको मौलिक गीत र प्रचलनबारे जानकारी दिन युवा पुस्ता जुटेका छन् । पाल्पाकै तानसेन नगरपालिकाको अर्चले, नारायणडाँडा, चण्डीभन्ज्याङ लगायतका स्थानमा पनि टेम्को, ढोलक, खैजडी, मजुरा लगायत बजाएर फागु नाचिएको छ ।
पाल्पाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका कतिपय स्थानमा फागु पुर्णिमाको चार पाँच दिन अघिदेखि नै परम्परागत मौलिक बाजा बजाएर फागु खेल्ने प्रचलन छ । तर पछिल्लो समयमा कतिपयस्थानमा खेल्नै छाडेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
सास्तीमा छन् निसेलढोरवासी
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार