सशस्त्रका एसएसपी कुँवरको डीआईजी हुने सपनामा कालो बादल !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार १२:३२:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/apf-police_8Xf9jvnQfM_xjKYLKbJRp.jpg)
१२ चैत, काठमाडौं । अघिल्लो सरकार हुँदासम्म डीआईजी हुने सपना देखेका सशस्त्र प्रहरीका एसएसपी दीपेन्द्र कुँवरलाई नयाँ सत्ता समीकरणसँगै समस्या परेको छ । एसएसपी कुँवरलाई नै सशस्त्र प्रहरी बलको डीआईजी बढुवा गर्ने गरी रिक्त रहेको एक डीआईजीमा बढुवाका लागि सूचना जारी गरिएको थियो ।
त्यसमा उनले बढुवा फारम पनि भरेर बुझाइसकेको अवस्थामा सत्ता समीकरण बदलिएसँगै बढुवा अलपत्र पर्नुका साथै उनलाई पनि समस्या परेको छ । उनी हाल सशस्त्र प्रहरीको प्रबन्ध शाखामा छन् । उनलाई त्यहाँबाट पनि हटाउन दबाब परिरहेको छ ।
डीआईजी बढुवाको प्रक्रिया अन्तिम चरणमा पुगेकै बेला फागुन २१ मा सत्ता समीकरणमा फेरबदल आउनु र शक्तिकेन्द्रका नजिक रहेका दीपेन्द्र कुँवरको बढुवामा बादल लाग्नु एक साथ भएको छ । त्यसयता गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नियुक्त भएका छन् । गृहमन्त्रीमात्र होइन, सचिव पनि दिनेश भट्टराईलाई सरुवा गरी एक नारायण अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ ।
गृहमन्त्री र सचिव फेरिएपछि डीआईजी बढुवामा कुँवरको संभावना निकै टाढा भएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी बलमा विगत ७ महिनादेखि एक डीआईजी पद रिक्त छ । डीआईजी विदुर खड्का अनिवार्य अवकाश गएपछि डीआईजी पद रिक्त भएको थियो । सोही पदका लागि मानव स्रोत विभाग प्रमुख एआईजी चन्द्रप्रकाश गौतम सदस्य सचिव रहेको बढुवा समितिले गत फागुन ३ गते आवेदन मागेको थियो । समितिले आवेदन माग गरेको १ महिना बितिसक्दा पनि सशस्त्रमा डीआईजी बढुवा हुन सकेको छैन ।
‘सत्ता समीकरणमा फेरबदल आयो, जसले गर्दा केही समय ढिलाइ हुने भएको हो’, गृह मन्त्रालय स्रोतले भन्यो । अघिल्लो सत्ता गठबन्धन कायम भएको अवस्थामा प्रबन्ध शाखाको कमाण्ड गरेका र देशभरको ठेक्कामा हालिमुहाली गरेका आर्थिक प्रशासनका एसएसपी दीपेन्द्र कुँवर डीआईजी हुने चलखेलमा थिए । कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाका बहिनी ज्वाइँ भएकाले अघिल्लो सत्ता गठबन्धनले उनलाई डीआईजीमा बढुवा गर्न दबाब दिने निश्चित थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने एसएसपी दीपक अधिकारीलाई बढुवा गर्ने पक्षमा थिए । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ कृष्ण पाठकलाई बनाउने पक्षमा थिए । डीआईजी बढुवाका लागि एसएसपीहरु कृष्ण पाठक, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये पाठक नेपाल प्रहरीको टाइपिष्ट (सई) बाट सशस्त्रमा प्रवेश गरेका थिए । उनी कार्यदक्षता मूल्यांकनमा कमजोर भएर यसअघि एसएसपी बढुवामा परेका थिएनन् ।
दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले बढुवाका लागि आवश्यक पर्ने स्टाफ कलेज पास गरेकाले उनीहरुको स्वतः नम्बर बढी छ । कृष्ण ढकाल छैटौं पटकमा स्टाफ कलेज पास गरेका एसएसपी हुन् । तर कुँवरले सशस्त्र प्रहरीको स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि तत्कालीन आईजीपी शैलेन्द्र खनाललाई राजनीतिक दबाब दिएर सेनाको स्टाफ कलेजमा कोटाको आधारबाट पास गरेका हुन् । उनले सशस्त्रले लिएको इन्ट्रान्समा नाम निकाल्न नसकेपछि सेनाबाट सशस्त्रलाई आउने एउटा कोटामा उनी स्टाफ कलेज पढ्न गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै
असार ३, २०८१ सोमबार
लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना
असार ३, २०८१ सोमबार
बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार