बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १६:७:६
१६ चैत, नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
म्यागङ गाउँपालिका–५ सामरीस्थित खेलमैदानमा आगामी वैशाख ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । बिहीबार गरिएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशा तामाङले ‘भलिबल खेलाडीको पहिचान तथा प्रवर्द्धन: खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नाराका साथ खेल पर्यटन भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम हुने पालिकाले रु तीन लाख तीन हजार तीन सय ३३ र दोस्रो हुनेले रु दुई लाख दुई हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार तेस्रो हुने पालिकाले रु ५० हजार पाँच सय ५५ र चौथो हुनेले सान्त्वनास्वरुप रु २५ हजार पाँच सय २५ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने पालिकाले तीन जनासम्म पालिका बाहिरका खेलाडीलाई समावेश गराउन पाउने नियम आयोजकले बनाएको छ । खेलाडीको क्षमता वृद्धि गराउन र अनुभव साटासाटका लागि तीन जना देश तथा विदेशका जो कोही खेलाडीलाई समावेश गराउन पाउने नियम राखिएको प्रतियोगिताको संयोजक विजय गुरुङले बताए । प्रतियोगितामा सहभागी हुन प्रदेशका एक सय १९ वटै पालिकालाई टोली दर्ताका लागि आह्वान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक
जेठ १६, २०८१ बुधबार
‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार