आज कुन देशको मुन्द्राको विनिमय दर कति ?
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार ११:१२:१५
२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। शुक्रबार देखी स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १२ पैसा र बिक्री दर १३३ रूपैयाँ ७२ पैसा कायम गरिएको छ। यसअघि मंगलबार एक डलरको खरिद मूल्य १३३ रूपैयाँ १५ पैसा र बिक्री मूल्य १३३ रूपैयाँ ७५ कारोबार भएको थियो।
बुधबार यूरोपियन युरो एकको खरिद मूल्य १४३ रूपैयाँ ०४ पैसा र बिक्री मूल्य १४३ रूपैयाँ ६८ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा युरो ५५ पैसाले घटेको छ। मंगलबार युरोको खरिद मूल्य १४३ रूपैयाँ ५८ पैसा र बिक्री मूल्य १४४ रूपैयाँ २३ पैसा कायम गरिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिद दर १६७ रूपैयाँ २७ पैसा र बिक्री दर १६८ रूपैयाँ ०२ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा ६९ पैसाले घटेको हो। मंगलबार यसको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६८ रूपैयाँ ७१ पैसा रहेको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ ५४ र बिक्री दर ८६ रूपैयाँ ९३ पैसा र क्यानेडियन डलर एकको खरिद दर भने ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५७ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७८ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ८५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बुधबार २८ रूपैयाँ र बिक्री दर २८ रूपैयाँ १२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३२ रूपैयाँ ५७ पैसा र बिक्री दर ४३४ रूपैयाँ ५२ पैसा र बहराइन दिनार एकको खरिद दर ३५३ रूपैयाँ ०८ पैसा र बिक्री दर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार