सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार ११:२७:३५
२२ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । बिहीबार बिहान बसेको कांग्रेसको प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक विक्रम धामीले जानकारी दिए ।
५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन । प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक रहेका छन् । अहिले मुख्यमन्त्रीलाई कांग्रेस बाहेक अन्य दलको स्पष्ट समर्थन प्राप्त रहेको छैन । नाउपाका ५ सांसद पक्षमा छन् भने २ विपक्षमा रहेका छन् । उनलाई विश्वासको मत प्राप्त गर्न आवश्यक २७ मत आवश्यक पर्दछ ।
यसअघि मुख्यमन्त्री शाह विश्वासको मत फेस गर्ने वा अगाडि नै राजीनामा दिने भन्ने द्विविधामा थिए । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादले शाहले विश्वासको मत पाउने सम्भावना भने कम छ । नागरिक उन्मुक्ति पार्टीको विवादले मुख्यमन्त्री शाह विश्वासको मत पाउनेमा ढुक्क हुन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड
असार १, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान
जेठ ३२, २०८१ शुक्रबार
कैलालीको रोजगार मेलामा २६ सय बढीले दिए आवेदन
जेठ २९, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार