बजारमा बिहीबारभन्दा १ पैसाले महंगियो अमेरिकी डलर
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार ९:४३:५
चैत २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ झिनो परिवर्तन आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २१ पैसा र बिक्री दर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । यसअघि बिहिबार एक डलरको खरिद मूल्य १३३ रूपैयाँ २० पैसा र बिक्री दर १३३ रूपैयाँ ८० कारोबार भएको थियो ।
शुक्रबार युरोपियन युरो एकको खरिद मूल्य १४४ रूपैयाँ ६७ पैसा र बिक्री मूल्य १४५ रूपैयाँ ३२ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो एक रुपैयाँ ०७ पैसाले बढेको छ । बिहिबार युरोको खरिद मूल्य १४३ रूपैयाँ ६० पैसा र बिक्री मूल्य १४४ रूपैयाँ २४ पैसा कायम गरिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६४ पैसा र बिक्री दर १६९ रूपैयाँ ४० पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०७ पैसाले बढेको हो । बिहिबार यसको खरिद दर १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा रहेको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८८ रूपैयाँ ०६ र बिक्री दर ८८ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिद दर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७८ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५१ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्री दर ३६ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर शुक्रबार २८ रूपैयाँ ११ पैसा र बिक्री दर २८ रूपैयाँ २३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ १५ पैसा र बिक्री दर ४३५ रूपैयाँ १० पैसा र बहराइन दिनार एकको खरिद दर ३५३ रूपैयाँ ३४ पैसा र बिक्री दर ३५४ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
दिउँसो २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक
जेठ ६, २०८१ आइतबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार