पहिलोपटक कालीकोटमा शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक
नेपालबहस संवाददाता
चैत २४, २०८० शनिबार १३:२१:३९
२४ चैत, मान्म 'कालीकोट' । कालीकोटमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ । चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक कालीकोटमा आइपुगेका हुन् ।
आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरुसँग पाठ्यपुस्तक पुगेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कालीकोटका निमित्त प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए । “पहिलोपटक जिल्लामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ”, उनले भने, “पाठ्यपुस्तक पालिका र सम्बन्धित विद्यालयलाई चाँडो खरिद गर्नका पत्राचार गरेका छौँ ।”
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुर्खेत कार्यालयले पाठ्यपुस्तक शैक्षिक सत्र अगावै उपलब्ध गराएको विनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताए । “चैत १५ गते नै कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक जिल्लामा आइपुगेका छन्”, उनले भने, “अहिले स्थानीय तहका विभिन्न विद्यालयमा पठाउने काम भइरहेको छ ।”
समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने महावै गाउँपालिकाका शिक्षा अधिकृत मदनबहादुर शाहीले बताए । “पाठ्यपुस्तकको अभावमा पठनपाठन अब प्रभावित हुने छैन्”, उनले भने, “गाउँपालिकाका सम्पूर्ण विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेका छौँ ।”
कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आइरहेको छ । चालु आर्थिक वर्षको शैक्षिक सत्रभन्दा पहिलाका शैक्षिक सत्रमा भने सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरूले सास्ती खेप्नुपर्ने अवस्था थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
कर्णालीमा घट्यो बजेट, भौतिक पूर्वाधारमा साढे १० अर्ब
असार २, २०८१ आइतबार
कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार