साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १६:५३:१५
२६ चैत, मोरङ । मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो ।
जीवन विकास लघुवित्त संस्थाले रु दुई अर्ब ५० करोडको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो । संस्थाका अनुसार हाल रु ६४ करोड लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुईवटा भवन निर्माण हुने अस्पतालका अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नं ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए ।
कटहरी बजार चोकबाट दक्षिणतर्फ दुई किलोमिटर दूरीमा निर्माण सुरु भएको अस्पताल सञ्चालनबाट स्थानीयले विभिन्न अवसरका साथै रोजगारी प्राप्त गर्ने उनको भनाइ छ । रकम अभावमा नागरिकले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले सो क्षेत्रमा अस्पताल निर्माण सुरु गरिएको सांसद मण्डलले बताए ।
उक्त सामुदायिक अस्पताल हाललाई एक सय शय्याको हुनेछ । अध्यक्ष मण्डलले अस्पतालमा सो क्षेत्रका स्थानीयले उपचारमा ५० प्रतिशत छुट पाउने बताए। “यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, गरिब, किसान, मण्डल, किसान र ऋषिदेवलगायत उपचारका लागि विराटनगर आउनु पर्दा निकै धेरै खर्च हुने गरेको थियो, अस्पताल निर्माणपछि सुलभ शुल्कमा उपचार पाउनेछन्”, उनले भने ।
आफ्नै घर आँगनमा उपचारका व्यवस्था हुने भएपछि आफूहरू निकै खुसी भएको स्थानीय रवि मण्डलले बताए । अस्पताल २०८१ साल असोज महिनामा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अस्पतालमा अन्य अस्पतालको तुलना सस्तो शुल्कमा उपचार उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
सो क्षेत्रमा अस्पताल निर्माणपछि भारतीय नागरिकहरू पनि उपचारका लागि आउन सक्ने अध्यक्ष मण्डलको भनाइ छ । कटहरी गाउँपालिका–२ सुकुम्वासी बस्तीकी ३५ वर्षीया रेवतीदेवी ऋृषिदेवले गाउँमा अस्पताल स्थापनाले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध हुनका साथै रोजगारीसमेत प्राप्त हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाई बुधबार हुने
जेठ १४, २०८१ सोमबार
भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस, जनजीवन प्रभावित
जेठ १४, २०८१ सोमबार
गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो
जेठ १४, २०८१ सोमबार