महिलाहरूको किन आउँछ दाह्री जुँगा ?
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १०:१०:३५
२७ चैत, एजेन्सी। शरिरमा टेस्टोस्टेरोन लगायत एन्ड्रोजन हर्मोनको अत्यधिक उत्पादनको कारणले गर्दा महिलाहरूको अनुहारमा दाह्री र जुँगाको वृद्धि अचानक बढ्न सक्छ । एन्ड्रोजन सबै महिलामा उत्पादन हुने भएपनि पुरुषको तुलनामा महिलाको शरीरमा यो हर्मोन कम उत्पादन हुन्छ ।
तर, जब महिलाको शरिरमा यसको उत्पादन बढ्न थाल्छ, तब पुरुष जस्तै महिलाको अनुहारमा पनि बाक्लो कपाल आउन थाल्छ । अब प्रश्न उठ्छ दाह्री र जुँगा बढ्नुको कारण के हो ? यस विषयमा हामी बताउँदैछौं ।
हर्मोन असंतुलन
चिकित्सा भाषामा यो अवस्थालाई हर्सुटिज्म भनिन्छ । वास्तवमा हाम्रो शरिरमा पुरुष हर्मोन बढ्ने वा महिला हर्मोन कम हुँदा हर्मोनको असंतुलन हुन्छ, जसका कारण धेरै ठाउँमा नचाहिने कपाल देखिन्छ ।
एन्डरल ग्रन्थि विकार
मृगौला नजिकैको इन्डोक्राइन ग्रन्थि हार्मोन उत्पादन गर्न जिम्मेवार हुन्छ, जुन कहिले काहीँ जन्मदेखि नै असामान्य हुन्छ । जसका कारण महिलामा कपाल बढ्ने समस्या देखिन्छ । इन्डोक्राइन ग्रन्थीको विकार भएमा उच्च रक्तचाप, हड्डी र मांसपेशी कमजोर हुने, शरीरको माथिल्लो भागमा भारी हुने, उच्च वा निम्न रक्तचाप जस्ता समस्या देखिन्छन् ।
पॉलिसिस्टिक ओवरियन सिंड्रम
वास्तवमा पीसीओएसको समस्या हुँदा शरीरमा यस्तो सिस्ट ९लम्प० बन्न थाल्छ, जसले हर्मोन उत्पादनमा असर गर्छ । कहिले काहीँ पीसीओएसको उपचारका लागि लिइएको औषधिको प्रतिक्रियाका कारण महिलामा पनि पुरुषजस्तै कपाल बढ्न थाल्छ । यस्तो अवस्थामा महिलाको अनुहार वा शरिरमा अचानक कपाल बढ्न थाल्यो भने ढिलो नगरी चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ ।
कसरतको कमी
दिनभर बसेर व्यायामको लागि समय नपाएमा तौल बढ्न थाल्छ । यसले हर्मोनल असंतुलन निम्त्याउँछ र अनुहारको कपाल बढ्नमा सहयोग पुग्छ ।
धेरै माछा वा तैलीय खानेकुरा खाने
माछामा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कपालको वृद्धिलाई बढाउँछ । यद्यपि यसलाई प्रोटिनको राम्रो स्रोत मानिन्छ तर केहि अध्ययनका अनुसार बढी माछा खाँदा महिलामा टेस्टोस्टेरोनको मात्रा पनि बढ्छ । यदि महिलाहरूमा यसको स्तर बढ्दै गएको छ भने, यो अनुहारको कपाल बढ्नको लागि जिम्मेवार हुन सक्छ ।
अत्याधिक क्याफिन सेवन
दिनमा चार पाँच कप वा सोभन्दा बढी कफी पिउनाले पनि महिलाको शरिरमा टेस्टोस्टेरोनको उत्पादन बढाउँछ । अनुसन्धानका अनुसार यदि तपाईंले यो जीवनशैलीलाई ४ हप्ताभन्दा बढी समयसम्म जारी राख्नुभयो भने यसले टेस्टोस्टेरोनको स्तर बढाउन सक्छ ।
तनाव र धुम्रपान
अनुहारमा कपाल बढ्नुको कारण अत्यधिक तनाव हुन सक्छ । तनाव र दबाबको कारण शरिरको प्राकृतिक हार्मोनल सन्तुलन गडबड हुन सक्छ । यसले अनावश्यक कपालको वृद्धिलाई गति दिन्छ । यसबाहेक, अत्यधिक धुम्रपान र मद्यपानले शरीरमा निकोटिन र अल्कोहल बढाउँछ, जुन हार्मोनल परिवर्तनको कारण हो ।
निन्द्राको कमी
राम्रोसँग सुत्न नसकेमा र शरिर सधैं थकित रहन्छ । त्यसैले अनुहारमा अचानक कपाल बढ्नुको कारण यो पनि हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी
जेठ १२, २०८१ शनिबार
डाँडामा लुकेको होमस्टे : चुलिबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
फिल्म 'सानो संसार' को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
जेठ १२, २०८१ शनिबार
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा, विभिन्न स्थानमा अझै पनि अवरोध कायमै
जेठ १२, २०८१ शनिबार