पर्यटकहरुका लागि नयाँ गन्तव्य भच्चेक, बारपाक, माछिखोला ट्रेक ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १२:४७:१३
२ वैशाख, काठमाडाैं । गोरखा जिल्ला पर्यटकहरूको लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनासलु हिमाल र मनासलु सर्कीट, विभिन्न जातीय सँस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ ।
पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाँउहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल समेट बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुँदै गरेको छ, भच्चेक, बारपाक माछीखोला ट्रेक ।
गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरि धार्चे गाँउपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य हुनसक्छ । सो ट्रेकमा भच्चेक बजार, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट गाँउहरु पर्दछ ।
२०७२ सालको गोरखा भुकम्पले क्षति पुगेका यी गाँउहरुको अवलोकन गर्दै, स्थानिय उत्पादनको स्वाद लिदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ्ग संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न समेत सकिन्छ । राजधानी काठमाडौंको नयाँ बसपार्कबाट बाहिन सात बजे भच्चेकको लागि बस छुट्ट सो बसले ३ बजे भच्चेक बजार पुर्याउछ ।
एक दिन भच्चेक बजारको विभिन्न स्थानहरूको घुमफिर गरि भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । पहिलो दिन भच्चेक, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुँदै बारपाकमा बास बस्ने गरि जान सकिन्छ ।
बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बस तथा विभिन्न यातायातको साधनको प्रयोग गरि समेत बारपाक पुग्न सकिन्छ । करिब १५ सय भन्दा धेरै घरहरु रहेको बारपाक २०७२ सालको गोरखा भुकम्पको केन्द्रविन्दु समेत हो, आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै चहलपहल देखिने बारपाकले भने भुकम्पपछि आफ्नो मौलिकता गुमाएको छ ।
परम्परागत घरहरु भत्किएपछि यहाँ आधुनिक र कंक्रिटका घरहरु बनेका छन् । एक दिनको बारपाकको बसाई पछि करिब साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ धार्चे गाँउपालिकाको लाप्राक गाँउ ।
लाप्राक पुरानो गाँउ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँबस्तीले पर्यटकहरूलाई स्वागत गरिरहेको हुन्छ । ०७२ को भुकम्प र पहिरोको जोखिमका कारण गैरआवासीय नेपालीहरूले बनाइदिएको सो नयाँबस्ती पर्यटकहरूको अर्को आकर्षणको केन्द्र हो ।
लाप्राक पुरानो गाँउ पहिरोको जोखिमका विच पनि त्यहाँका मानिसहरु खेतीबारीका लागि भने नयाँबस्तीमा खासै बस्ने गर्दैनन् । आलु, जौं, कोदी नै यहाँको प्रमुख उत्पादन हो । परम्परागत घर तथा गुरुङ्ग संस्कार र संस्कृति अनुसारको अतिथि स्वागत यहाँको विशेषता हो । खेतीबारी, घाँसदाउरामै रमाउने यहाँका मानिसहरुको बानी हो । लाप्राकमा एक दिन बिताएपछि अर्को दिनको यात्रा सुरु हुन्छ गुम्दाको लागि ।
लाप्राकबाट करिव दुई घण्टाको दुरीमा रहेको गुम्दा गाँउ पनि सडक संजालले जोडिएको छ । पहेँलो जौं बारी, र जौं भित्राउँनका लागि हतारीएका स्थानीयहरु बारीमा काम गरि रहेको देखिन्छ सो गाँउमा । यहाँ विभिन्न समयमा विभिन्न मेलाहरु लाग्ने गर्दछ, आलु मेला, मकै विवाह यहाँका सांस्कृतिक मेलाहरु मध्येमा पर्दछ ।
गुम्दामा एक दिन विताएपछि यामगाँउ, लप्सीबोट हुदै माछिखोला पुग्न सकिन्छ । माछिखोला बुढिगण्डकी र रेचे खोला 'हाइड्रो खोला' को दोभानमा अवस्थित छ, जुन प्रख्यात मनासलु सर्कीटको प्रस्थान विन्दु समेत हो । माछिखोलासम्म गोरखाबजार र काठमाडौँका लागि दिवा तथा रात्रिकालिन सार्वजनिक यातायातको समेत सुविधा रहेको छ ।
यसरी करिव चार देखि पाँच दिनको सो भच्चेक, बारपाक, माछिखोला ट्रेक अन्त्य गर्न सकिन्छ । आर्थिक हिसावले निकै सस्तो रहेको सो ट्रेक सडकको अवस्था सुधार भएपछि मोटरबाइक तथा जिपमा समेट गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा भच्चेक, बारपाक, माछिखोला ट्रेकस्थापित हुन सक्छ ।
तस्विर : नेपालफोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
मेलाबाट भएको आम्दानीबाट वनभोजस्थल सहितको उद्यान
असार २, २०८१ आइतबार
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु अमरसिंह थापाको शालिक
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार