इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार ११:४४:०
६ चैत, काठमाडौं । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली, त्यहाँ राजेशपायल राई’ भन्दा फरक नपर्ला । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राई नपुगेको र सांगीतिक कार्यक्रम नगरेको देश सायदै होला । नेपालीहरु विश्वको कुना–कुनासम्म पुगेका छन्, जहाँ–जहाँ राजेशपायलले कार्यक्रम गरिसकेका छन् ।
यसैक्रममा नेपाली सांगीतिक क्षेत्रका यी ‘मेगास्टार’ अप्रिल अर्थात् शुक्रबार इराकमा प्रस्तुत हुँदैछन् । हङकङ, मकाउ हुँदै इराक पुगेका राजेशपायलले भने, ‘संसारका अधिकांश देशमा सांगीतिक कार्यक्रम गरिसकेको छु । तर, इराकमा पहिलोपटक प्रस्तुत हुन लागेको हुँ ।’ इराकको विमानस्थल टेक्दा राजेशपायललाई त्यहाँ रहेका नेपालीले भव्य स्वागत गरेका थिए ।
गायक राजेशपायलले इराकको कुर्दिस्तानमा कार्यक्रम गर्न लागेका हुन् । जहाँ, इराकी आतंककारी समूह ‘अन्सर अल सुन्ना’ले २०६१ भदौ १५ मा १२ जना नेपालीको हत्या गरेका थियो । १२ जना नेपालीको हत्यापछि पनि इराकमा रोजगारीको क्रममा थुप्रै नेपाली इराक पुगेका छन् । उनीहरूकै अनुरोधमा सांगीतिक प्रस्तुति दिन राजेशपायल त्यहाँ पुगेका हुन् । इराकमा पनि आफ्ना नयाँ पुराना गरी डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए ।
राजेशपायल आफ्ना नयाँ तथा पुराना गीतबाट सदाबहार चर्चामा रहँदै आएका छन् । उनका फ्यान तथा शुभचिन्तक संसारभर छन् । उनी कन्सर्ट सर्वाधिक रुचाइने नेपाली कलाकार पनि हुन् । त्यसैले पनि उनी बाह्रै मास देश–विदेशको कार्यक्रममा व्यस्त हुँदै आएका छन् ।
राजेशपायलले भने, ‘अमेरिकामा १७औँ पटक कार्यक्रम गरिसकेँ, तर इराकमा पहिलोपटक गर्दैछ, यो मेरो लागि पक्कै स्मरणीय हुनेछ र दर्शकलाई पनि अविस्मरणीय तुल्याउने प्रयास गर्नेछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार