मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार १५:३५:१२
८ वैशाख, मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने गरेका छन् ।
सुविधा सम्पन्न होटलमा बस्न रुचाउने पर्यटक अहिले घरबास रोज्ने गर्दछन् । नासों गाउँपालिका–८ स्थित ताचै घरबासले बसाइ सस्तो हुनुका साथै स्थानीय उत्पादनको खानाले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
यहाँ बस्न आउने पर्यटक तथा पाहुनालाई स्थानीयरुपमा उत्पादित वस्तु खान दिने गरिएको नासों–८ का वडाध्यक्ष एवं ताचै घरबासका अध्यक्ष याद घले बताउछन् । उनी भन्छन््, “यहाँ आउने पर्यटक तथा पाहुनालाई यही उत्पादन भएको खाद्यवस्तु खुवाउँछौँ, पानीघट्टामा पिसेको वस्तुको उपयोग हुन्छ, आफ्नै बारीमा उत्पादित सागपात, कोदो, तरकारी उपयोग गर्छौं ।”
अधिकांश पाहुना सम्पर्क गरेर आउने गरेका उनले जानकारी दिए । अध्यक्ष घले भन्छन्, “यहाँ होमस्टेको अध्ययन गर्नकै लागि पनि पाहुना आउने गर्दछन्, होमस्टे सञ्चालनकै लागि अन्य होमस्टेबाट अध्ययनमा समेत आउने गर्नुहुुन्छ, यसले हामीलाई प्रोत्साहन मिलेको छ ।” यहाँको हावापानी र प्राकृतिक सम्पदाले पनि आकर्षित भएको बताउने गरेको उनले सुनाए ।
यहाँका स्थानीय पाहुनालाई जैविक खानेकुरा खुवाउनका लागि कृषिकर्ममा जोडिएका छन् । अहिले ताचैगाउँमा हरियाली गहुँ, आलु, करु झुल्ने बेला भएको छ । मकै र कुलुु बोडी लगाउने तथा गोडिरहने काम गर्दै गरेको अवस्थामा यहाँका स्थानीय भेटिन्छन् । यहाँको संस्कार र संस्कृतिले पनि पर्यटक तथा पाहुनालाई लोभ्याउने गरेको छ ।
घरबासका सदस्य शारदा गुरुङ भन्छिन्, “हामीले यहीको उत्पादनमा मात्रै प्रयोग गर्छौं, बाहिरबाट ल्याउने भनेको चामल हो, त्यही पनि यहाँ नहुने भएर हो, यहीँको स्थानीय परिकारका लागि सबै सामान यही उत्पादित हुुुन् ।” धेरै खाद्यान्न उत्पादन नभए पनि पाहुनालाई पुु¥याउने गरी उत्पादनमा जोड दिइएको उनले बताइन् ।
होमस्टेले महिलाका साथै गाउँलाई आयस्रोतसँग जोडेको उनले बताइन् । गाउँका अधिकांश घर होमस्टे रहेको उनले जानकारी दिइन् । जैविक खानाका लागि यहाँको खाद्यान्नले पर्यटक तथा पाहुनालाई आकर्षित गरेको उनको भनाइ छ । ताचै गाउँमा घले र गुरुङको बसोबास रहेको छ । बोन धार्मावलम्बी यहाँका स्थानीयले आफ्नै संस्कार तथा सांस्कृतिक तवरबाट पाहुनालाई स्वागत गर्ने गर्दछन् ।
पाहुनालाई स्वागतका साथै यहाँका लोकसंस्कृति, नाचगानसँगै प्राङ्गारिक खाना खुुवाउने गरिन्छ । यहाँ आउने पर्यटकले ढिँडो, आलुुलगायतका खाना मन पराउने गरेका पाइन्छ । उनीहरुको माग स्थानीय उत्पादन हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ । यहाँका २६ घरधुरी घरबास सञ्चालनमा रहेको निवर्तमान वडाध्यक्ष एवं समाजसेवी हुपजङ्ग गुरुङले जानकारी दिए ।
उनका अनुसार करिब एक सयदेखि एक सय ५० जनासम्म घरबासले एकपटकमा पाहुना राख्न सकिन्छ । यहाँका घरबास विदेशी पर्यटककोसमेत रोजाइमा पर्दछन् । यहाँको स्थानीय संस्कृति अध्ययनका लागि पनि विदेशी पर्यटक आउने गरेको स्थानीयको बुुझाइ छ ।
यसका साथै छोङ्रुपी झरनाले पनि यहाँको घरबासलाई थप आकर्षक बनाएको छ । झरनाले यहाँ आउने मानिसलाई लोभ्याउने गरेको छ । घरबास माथिबाट आएको झरनाले पर्यटकलाई आकर्षित गरेको छ । झरनाको काखमा रहेको यस घरबासलाई अझ राम्रोसँग नियाल्न झरनामा गएर हेर्न सकिन्छ । त्यसले गाउँलाई अझ मनमोहकरुपमा हेर्न पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार