विकलविरुद्ध मुद्दा दायर, मुख्यसचिवमाथि प्रश्न मात्रै उठे !
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १६:३८:३०
९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध किन कारवाही अगाडी बढेन भन्दै प्रश्न उठाइन थालेको छ । भ्रष्टाचारको कसुरमा मुख्यसचिव अर्याल पनि छानबिनमा छन् । सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङ खरिद गर्ने निर्णय लिँदा अर्यालले ठुलै लाभ लिएको भन्दै प्रश्न उठाइएको छ ।
मुख्य सचिव अर्यालले आफूमाथि उठेका प्रश्नको बारेमा अख्तियारलाई जानकारी गराइसकेको बताउँदै आएका छन् । उनले आफूमाथि उठेका प्रश्नका बारेमा अख्तियारलाई भनिसकेको र पदीय हैसियतमा रहेका बेला आफ्नो जिम्मेवारी सहि ढंगले पूरा गरेको दावी गरिरहेका छन् । आफूमाथि प्रश्न उठेपनि गल्ती नगरेकाले निर्धक्क बसिरहेको भान उनले दिन खोजेका छन् ।
अख्तियारको छानबिनमा रहेका सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र मुख्य सचिव अर्यालबिच संदिग्ध आर्थिक लेनदेन भएको अख्तियारको भनाइ छ । अर्याल यस प्रकरणमा मात्रै नभएर टेरामक्स खरिद प्रकरणमा पनि जोडिएका छन् । अख्तियारले उनीसँग बयान लिइसकेको छ । अन्तःशुल्क स्टिकर खरिदमा समेत अर्याल जोडिएका छन् ।
सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गर्दा प्रिन्ट सेल प्रालिले ठेक्का पाएको थियो । अग्रिम भुक्तानीबापत ५ करोड रुपैयाँ पेस्की दिइएको थियो । त्यसबेला सञ्चार सचिवमा अर्याल र सेन्टरको कार्यकारी निर्देशक पौडेल थिए । अन्तःशुल्क स्टिकर छपाइको विषयमा आयोगले अर्यालसँग बयान लिएको जनाएको छ ।
टेरामक्स, सेक्युरिटी प्रिन्टिङ प्रेस र अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा मुख्य सचिव अर्याल जोडिँदा पनि उनीमाथि अहिलेसम्म सरकारले एक्सन लिन सकेको छैन । प्रशासकीय क्षेत्रमा उपल्लो तहमा रहेका अर्याललाई जोगाउन सत्ता पक्ष र प्रतिपक्ष दुवै लागेको देखिन्छ । प्रतिपक्षीमा रहँदा निकै कुर्लने गृहमन्त्री रवि लामिछाने पनि अहिले अर्यालका विषयमा चुप छन् ।
भ्रष्टाचार प्रकरणमा जोडिएका अर्यालले नै ५२ जना सचिवको कार्यसम्पादन तथा मूल्यांकन गर्दै आएका छन् । भ्रष्टाचार प्रकरणमा जोडिइसकेपछि मुख्य सचिवले राजीनामा दिएर आफैँ मार्ग प्रशस्त गर्नुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि एक ताका निकै चासो राखेका थिए । अर्याललाई राजीनामा दिन वा विदामा बस्न पप्रधानमन्त्रीले सुझाएका थिए । तर, उनले टेरेनन् । अहिले विकलविरुद्ध मुद्दा दर्ता हुँदा उनी पनि चर्चामा आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
पौडेललाई १० दिन हिरासतमा राख्ने अनुमति लिएर अदालतमा मुद्दा दायर गर्दै अख्तियार
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार