ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
वितरणयोग्य मुनाफा यो वर्ष पनि २८ करोड ६६ लाख ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार २०:०:३२
११ वैशाख, काठमाडौं । ज्योति विकास बैंकको अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा रहेको छ । बैंक सञ्चालक समितिको हरेक व्यवस्थापकीय काममा ठाडो हस्तक्षेप तथा असमय मै सीईओ परिवर्तनले बैंकको अवस्था धराशायी हुने अवस्थामा पुगेको छ ।
सञ्चालक समितिका सदस्यहरूको ऋण दिने, कर्जा असुल गर्ने प्रक्रियामा कमिशनको खेलो फड्को तथा खरिद लगायतका काममा पनि कमिशनको चर्को चलखेल चलन थालेपछि त्यहाँ कार्यरत कर्मचारीहरू पनि आजित हुन थालेका छन् । सञ्चालकहरुका कारण भोलि आफूहरू फसिने हो कि भन्ने चिन्ता कर्मचारी वृत्तमा छाउन थालेको छ ।
यस्तै यस्तै अनगिन्ती कारणहरूले बैंकले कर्जा प्रवाह वृद्धि गर्न सकेको छैन । फलस्वरुप बैंकको कर्जा रकम गत असार मसान्तको तुलनामा घटेको छ । बैंकको प्रमुख आम्दानीको श्रोत नै कर्जा प्रवाहबाट आउने भएकाले बैंकिङ क्षेत्रमा कर्जा प्रवाह घट्नुलाई राम्रो मानिँदैन ।
बैंकको खराब कर्जा बढ्दै जानुले पनि बैंकलाई निकै अप्ठेरो अवस्थामा पुर्याउँदै छ । बैंकको खराब कर्जा करिब ५ प्रतिशत पुगेको छ । नाफा नोक्सान हिसाबका प्रमुख सूचकहरूमा पनि ठूलो गिरावट आएको छ । प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी सामान्य मात्र वृद्धि हुँदा संचालन मुनाफा र खुद मुनाफा २० प्रतिशत भन्दा माथिले घटेको छ ।
गत आर्थिक वर्ष ०७९-८० मा कुनै पनि प्रकारको लाभांश वितरण नगरेको कम्पनीको अहिले पनि वितरणयोग्य मुनाफा ऋणात्मक छ भने बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । यसरी वित्तीय अवस्था बिग्रँदै जानु, खराब कर्जा वृद्धि हुनु र व्यापार व्यवसाय वृद्धि हुन नसक्दा बैंकलाई अब ठूलो संस्थासँग मर्जर वा प्राप्तिमा जानु पर्ने प्रेसर पनि दिन प्रतिदिन आउन थालेको छ ।
यस बैंकमा संचालक समितिको अध्यक्षमा हरिचन्द्र खड्का रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा सन्तोष अधिकारी, रामकुमार श्रेष्ठ, ध्रुव कोइराला, मन महर्जन, नरेशराज आचार्य र सुरेन्द्र बहादुर नेपाली रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ कपिल ढकालदेखि डेपुटी सीईओमा प्रकाश बराल रहेका छन् । त्यस्तै अन्य उच्च पदस्थ कर्मचारीहरूमा उपमहाप्रबन्धकमा सुशीलकुमार शर्मा, रोशन थापा, विकास रानाभाट, बलदेव थापा, दिलीपराज बराल, राजाराम थापा, उमा श्रेष्ठ, कृष्णप्रसाद वस्ती र अपेक्षा पौडेल रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन
खुद मुनाफाः
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् ९ महिनाको अवधिमा बैंकले १५ करोड २४ लाख बराबर खुद मुनाफा गरेकोमा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २० करोड १६ लाख बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा २४ दशमलव ४० प्रतिशतको गिरावट आएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
गत आर्थिक वर्षको तेस्रोे त्रैमाससम्ममा कम्पनीले १ अर्ब ६७ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७० करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा १ दशमलव ७५ प्रतिशतको मात्र वृद्धि भएको छ । तर, संचालन मुनाफा २३ दशमलव ३१ प्रतिशतले घट्दै २२ करोड ७ लाख पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड ७८ लाख संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी ६ रुपैयाँ १२ पैसा थियो ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा २८ करोड ६६ लाख ऋणात्मक रहेको छ । गत आर्थिक वर्षमा पनि वितरणयोग्य मुनाफा २७ करोड ६ लाख ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ । गत आर्थिक वर्षमा पनि प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ २१ पैसा ऋणात्मक थियो ।
निक्षेप, कर्जाः
कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९÷८० को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन जम्मा ३ दशमलव ४९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह शून्य दशमलव ४६ प्रतिशतले घटेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २९ दशमलव ४० प्रतिशतले बढेर १ अर्ब ७९ करोड पुगेको छ भने संचित मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ ।
किताबी मूल्यः
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १३४ रुपैयाँ २० पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ४ दशमलव ९७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा खराब कर्जा ३ दशमलव ८९ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ९ दशमलव ९८ प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ५८ प्रतिशत छ । गत आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ८० प्रतिशत थियो ।
ठूला शेयरधनीः
आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा माला इन्भेष्टमेण्ट प्रा.लि. रहेको छ । बैंकमा माला इन्भेष्टमेण्टको १ दशमलव ८० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
आर्थिक वर्ष ७९(८० मा कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश वितरण गरेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार
सरकारसंगको सम्झौता कार्यान्वयन भएन : महन्थ ठाकुर
जेठ १३, २०८१ आइतबार
नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी, ८ सय ४९ विदेशी नर्स कार्यरत
जेठ १३, २०८१ आइतबार
देशभर बन्यो ३४ हजार दुई सय ६७ किलोमिटर सडक
जेठ १३, २०८१ आइतबार