गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १०:५९:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/rabi_VRkzG2gkfI_u8gjifmLPN.png)
१३ वैशाख, काठमाडौं । आफ्नो आलोचना गर्ने जोकोहीलाई समातेर १० वर्ष जेलमा कोच्नु भन्ने गृहमन्त्रीको आदेश छ भन्दै प्रहरीले एक युवकलाई दिएको चरम यातना यतिबेला भाइरल भएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ती युवकलाई अनैतिक ढंगले यातना दिएको भन्दै नेपाल प्रहरी संगठन र गृहमन्त्री रवि लामिछानेको चर्को विरोध भइरहेको छ ।
समाचारमा जनाइए अनुसार जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमान सिंह ठकुरी प्रहरीको यातनाबाट अहिले अस्पतालमा उपचाररत छन् । उनले प्रहरीकै अगाडि यातना सहन नसकेर आत्महत्याको प्रयास पनि गरेका थिए । तर, प्रहरीले नै उपचारका लागि अस्पताल पुर्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक कमेन्ट गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको र त्यसपछि उनले आत्महत्याको प्रयास गरेको भनिएको छ ।
ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन फेसबुकमा कमेन्ट गरेको भन्दै मानसिक तनाब र यातना दिएको र उनले प्रहरीको काठमाडौंस्थित साइबर ब्यूरोकै ढोकामा विष सेवन गरी आत्महत्या प्रयास गरेको बताइएको छ । उनका भाइ मानबहादुरलाई सम्बोधन गर्दै समाचारमा भनिएको छ, ‘ठकुरीले विष सेवन गरेपछि प्रहरीले नै उनलाई वीर अस्पताल पुर्याएको थियो । वीरमा उपचार हुन नसकेपछि राति उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालको आइसीयुमा भर्ना गरिएको छ ।’
उनको अवस्था चिन्ताजनक रहेको मानबहादुरले बताएका छन् । अहिले दाजुलाई आइसीयुमा राखिएको छ । गृहमन्त्रीको आदेश छ–१० वर्ष जेल हाल्छौं भन्दै प्रहरीले धम्क्याउने र यातना दिने काम गरेको थियो । यो घटना सार्वजनिक भएपछि गृहमन्त्री र उनको सचिवालयले अघोषित रूपमा सुरक्षा निकायको दुरूपयोग गरी विचार अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएर आत्महत्याको बाटो रोज्न बाध्य बनाएको मानबहादुरको आरोप छ ।
लोकसेवा आयोगले लिने परीक्षाको तयारी गरिरहेका ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । ठकुरीले सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछानेको नाम जोडिएपछि उनले प्रष्टीकरण दिनुपर्ने भन्दै कसैले सामाजिक सञ्जालमा गरेको पोस्टमा सहमति जनाउँदै प्रतिक्रिया दिएका थिए । यसै विषयलाई लिएर प्रहरीले उनलाई पक्राउ गरी मानसिक तनाब र यातना दिएको उनका भाई मानबहादुरको भनाइ हो।
समाचारलाई उनका भाई मानबहादुर दिएको जानकारी अनुसार ‘ठकुरीले प्रहरीको तनाव खप्न नसकेर र जेल जानुभन्दा मर्नु नै उपयुक्त ठानी विष सेवन गरेका रहेछन् । प्रहरीले गृहमन्त्रीज्यूलाई किन गाली गरेको, फेसबुकमा किन लेखेको, त सँग सहकारी ठगेको भन्ने कुनै प्रमाण छ, प्रमाण भए यहाँ राख, होइन भने तलाईं गृहमन्त्रीको आदेश छ– १० वर्ष जेल हाल्ने’ भन्दै धम्क्याएका रहेछन् । गृहमन्त्रीविरुद्ध किन लेखेको भनेर उनलाई पाँच जना प्रहरीले घेरा हालेर यातना दिएका रहेछन् ।
मानबहादुरले दाजु गणेशमानको फेसबुक पेजमा ११ घण्टाअघि पुरानो कमेन्टमा अरूले नै सम्पादन गरेको दाबीसमेत गरेका छन् । मोबाइल प्रहरीले लगेको थियो, त्यहाँ तीनपटक सम्पादन गरेको देखिन्छ । ब्यूरोका प्रहरीले यसै विषयमा ठकुरीलाई तीन दिनअघि पनि कार्यालयमा बोलाएका थिए । दोस्रोपटक ब्यूरोका प्रहरीले बुधबार उनलाई बोलाएर जेलमै सडाउने धम्की दिएको भाइ मानबहादुरले बताए । यता, प्रहरी प्रधान कार्यालयले भने यसबारे केन्द्रमा रिपोर्ट नभएको जनाएको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो कुरा आएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार