उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १४:५९:४३
१३ वैशाख, काठमाडौं । नेपाल प्रहरीले शनिवार हुन गइरहेको उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षा व्यवस्थामा चुनौती आउन सक्ने बताएको छ । इलाममा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनको सुरक्षा तयारीसम्बन्धी गरिएको पत्रकार सम्मेलनमा प्रहरीले निर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेर्न नमिल्ने बताएको छ ।
इलाम–२ र बझाङ १ को ‘क’ मा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीयकरण गर्ने कार्य भइरहेको भन्दै यसबाट निर्वाचन प्रभावित हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो कार्य हुन नदिन प्रहरीले विशेष सुरक्षा योजना बनाएको जनाएको छ ।
विगतका निर्वाचनका समयमा बुथ कब्जा गर्ने, पैदल तथा सडक मार्गमा अवरोध गर्ने, डर–धम्की दिने, अफवाह फैलाउने, आचारसंहिताको उल्लंघन गर्ने लगायतका क्रियाकलाप हुँदै आइरहेको छ । सो कार्य हुन नदिन प्रहरीले विगतमा जस्तै यस पटकको उपनिर्वाचनमा पनि मतदान केन्द्र तथा मतदान स्थल सुरक्षा टोली बनाएको छ । त्यस्तै, मोबाइल टोली, स्ट्राइकिङ टोली, कार्यालय सुरक्षा टोली, विशिष्ट व्यक्ति, उमेदवार र महत्वपूर्ण व्यक्तिहरूको सुरक्षा टोली बनाइएको छ ।
इलाममा पहिचान बादीका कारण केही सुरक्षा चुनौती हुन सक्ने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए । शनिबार दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ । इलाममा पहिचानवादीका कारण केही सुरक्षा चुनौती हुनसक्छ, हामीले विशेष सुरक्षा योजना बनाएका छौँ, उनले भने ।
उपनिर्वाचनका लागि सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनजर गर्दै सुरक्षा योजना बनाइएको भन्दै प्रहरीले इलाम २ मा १ हजार ३६३ जना र बझाङ प्रदेशसभा १ मा १ हजार २४ जना प्रहरी परिचालन हुने भएका छन् । प्रहरीले मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना प्राप्त भएमा बल प्रयोग गरिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुँवर
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार