हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार २१:२७:६
१५ वैशाख, काठमाडौं । गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइली र गायिका लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड गरिएको मौलिक झ्याउरे (लोकदोहोरी) गीत सार्वजनिक गरिएको छ । अग्रज लोकगायक स्वर्गीय पदम बिष्टको सम्मानमा गायक रसाइली र गायिका भट्टाराईको आवाजमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतलाई गायक रसाइलीको आधिकारिक युट्युब च्यानल हेमन्त ‘कान्छा’ रसाइलीबाट सार्वजनिक गरिएको छ ।
झ्याउरे भाकामा आधारित गीतको म्युजिक भिडियोमा गायक तथा चर्चित मोडल प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन सुनिल बिक र कोरियोग्राफर रोशन विश्वकर्माले गरेका हुन् । भिडियो करन चैसिरले खिचेका हुन् । गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ ।
पुराना गायक तथा संकलकहरुको सम्मानमा उक्त गीतलाई पुनः रेकर्ड गरिएको रसाइलीले बताए । ‘पुराना सर्जकहरुको सिर्जनालाई संरक्षण र सम्बर्धन गर्नु आजको पुस्ताको दायित्व हो’, उनले भने । नयाँ पुस्तालाई पुराना सिर्जनाहरुसँग साक्षात्कार गर्न आफूले सानो भूमिका खेलेको रसाइलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
कार्यदलको बैठकमा सहमति नभएपछि बालुवाटारमा शीर्ष नेताहरुको छलफल
जेठ १२, २०८१ शनिबार
बालेनको एक्सन : भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !
जेठ १२, २०८१ शनिबार
कोरोनाको नयाँ भेरियन्ट : सङ्क्रामक तर घातक कम
जेठ १२, २०८१ शनिबार
हत्या गरेको अभियोगमा भोजपुर र पर्साबाट दुई जना पक्राउ
जेठ १२, २०८१ शनिबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार