आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १२:२१:१३
१६ वैशाख, काठमाडौं । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले आमऔषधि सेवन अभियान सञ्चालन गरेर 'सबैलाई औषधि खुवाउने गरी' दुई हप्ते अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले ती सात जिल्लाका एक सय एक पालिकाका करिब ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने बताए ।
सरकारले यसअघि ती सात जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन भए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गरेको हो । दुई वर्षदेखि माथिका सबै उमेर समूहका सर्वसाधारणलाई औषधि खुवाइने छ ।
सरकारले समुदायस्तरमा सङ्क्रमण रोक्नका लागि ती जिल्लामा सबैलाई औषधि खुवाउन थालेको हो । यसअघि ५३ जिल्लामा समुदायस्तरको सङ्क्रमण रोकिएको छ भने दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । अभियानमा यसपटक करिब छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार