‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार २०:५:३८
१६ वैशाख, बागलुङ । चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमश्रङ्खला र बागलुङ बजार । डोयको उक्त पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्दै पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले योजना सञ्चालन गरेको छ ।
नगरपालिकाले डोयलाई नगरपालिकास्तरीय गौरवको योजनामा समावेश गरी पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय पूर्वाधार निर्माण सुरु गरेको हो । बागलुङ नगरपालिका–९ तित्याङको मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेर चालु आर्थिक वर्षबाट पूर्वाधार निर्माण थालेको छ । ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निर्माण गरेको छ ।
उक्त ब्लु हिलका लागि चालु आवमा नगरपालिकाले रु ७० लाख बजेट विनियोजन गरेको छ । ब्लु हिलमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका पूर्वाधार निर्माण गर्न रु २४ करोड ५६ लाख २२ हजार लागत अनुमान गरिएको छ ।
ब्लु हिलमा आन्तरिक पर्यटक पु(याउने बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले चालु आवमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु ७० लाख बजेटअन्तर्गत अहिले जग्गा चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम धमाधम थालेको छ ।
“नगरपालिकाभित्रको अत्यन्तै पर्यटकीय सम्भावना बोकेको डोय निकै हरियाली छ, आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने हाम्रो योजना हो”, नगरप्रमुख श्रेष्ठले भने, “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामाकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले हरियालीका बीच दृश्यावलोकन गर्न सक्नेछन् ।”
समुन्दी सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा डोय डाँडा ‘ब्लु हिल’ छ । डाँडामा पर्यटकीय सडकसहितका पूर्वाधार निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ ।
हाल सम्म जग्गा व्यवस्थापनमा रु २० लाख खर्च भइसकेको छ । पर्खाल लागाउने र शिवमन्दिर निर्माणको काम भइसकेको बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए ।
डिपीआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ । यहाँ आउने पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याउने स्थानीयको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार