बागलुङमा एक लाखभन्दा बढी पशु चौपायालाई खोप
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार ११:५८:६
१७ वैशाख, बागलुङ । बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशु चौपायालाई विभिन्न रोगविरूद्धका खोप लगाइएको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैँसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायत एक लाख ३१ हजार पाँच सय ७४ पशु चौपायालाई विभिन्न रोगविरुद्धका खोप लगाएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए ।
संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारसँगको समन्वयमा १० पालिकाका दुई लाख ३५ हजार पशु चौपायामा खोरेँत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवरलगायत रोगविरुद्धका खोप लगाउने खोप लगाउने लक्ष्यसहित खोप अभियान सञ्चालन गरिएको सापकोटाको भनाइ छ ।
गत माघबाट सुरू गरिएको अभियान अन्तर्गत हालसम्म ढोरपाटन र जैमिनी नगरपालिका तथा निसीखोला, तमानखोला र बरेङ गाउँपालिका क्षेत्रमा खोप लगाइसकेका केन्द्रका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिए ।
तथ्याङ्कअनुसार हालसम्म १८ हजार दुई सय ९६ गोरु र २९ हजार छ सय १५ राँगाभैँसीलाई खोरेत, ६४ हजार दुई सय १७ बाख्रा र १० हजार पाँच सय ३२ भेडालाई पीपीआर, सात सय २८ बङ्गुरलाई स्वाइनफिवर र छ सय ८८ बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । त्यसैगरी छ पालिकाका सात हजार चार सय ९८ कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको पनि शर्माको भनाइ छ ।
हाल गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेका र वैशाख १८ गतेबाट बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका क्षेत्रका पशुचौपायामा खोप लगाउन सुरू गरिने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार