इलाममा १३ जना उम्मेदवार मत १०० कटेन, बझाङमा ६ दलकोे मत ५० मुनि
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १३:४९:४८
१७ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । हालसम्म २७ हजार ८७५ मतगणना गरिएको छ । त्यसमध्ये २७ हजार ६१४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
२७ हजार ८७५ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले एक मत पाएका छन् । इलाम–२ मा १९ उम्मेदवारमध्ये उनी सबैभन्दा पुछारमा छन् । स्वतन्त्र उमेदवार धनराज रानामगरले दुई मत पाएका छन् । अरू स्वतन्त्र उमेदवारहरू योगेन्द्र गुरुङ र मनोज निरौलाले समान तीन÷तीन मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामबहादुर दर्जीले १३, राप्रपा नेपालका गणेशबहादुर चौहानले १५ मत पाएका छन् । राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहले १८, स्वतन्त्र उम्मेदवार दिपेश बोहोराले १८ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार राज वश्यालले २२, अर्का स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले २८ मत पाएका छन् । राप्रपाका तर्फबाट उम्मेदवारले ५५, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ६६, नेपाली जनता दलका रेशमबहादुर सुनारले ६६ मत प्राप्त गरेका छन् ।
यस्तै बझाङमा जसपासहित ६ दलले ५० मत ल्याउन सकेका छैनन् । बझाङ १ ‘क’ मा चुनाव लडेका ११ मध्ये ६ वटा दलले ५० मत पनि ल्याउन सकेका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २६ हजार ७८५ सदर मत गणना भइसकेको छ । जसमा नेकपा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै छ । उनलाई नेपाली कांग्रेसका अभिषेक सिंहले पछ्याइरहेका छन् ।
५० मत नल्याउनेमा जसपासहितका दल रहेका छन् । जसपाका उम्मेदवार रामबहादुर जाग्रीले ४१ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले २४, जनमतका शुसिलादेवि विष्टले २५ मत पाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका दीपबहादुर खड्काले २७ मत प्राप्त गरेका छन् । नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याउँदा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५ मत प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार