गुगलको पाइथान टिम बर्खास्त
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १०:४७:२२
१८ वैशाख, काठमाडौं । टेक कम्पनी गुगलले पछिल्लो समय आफ्नो पुरा पायथन टिमलाई बर्खास्त गरेको छ । कम्पनीले यो निर्णय सस्तो कर्मचारी भर्ना गर्न र आफ्नो लागत घटाउन गरेको फ्री प्रेस जर्नलको रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार गुगलले लागत कटौतीका लागि अमेरिका बाहिरबाट सस्तो कर्मचारी भर्ना गर्ने योजना बनाएको छ। पाइथन एक उच्च परिष्कृत, सामान्य उद्देश्य प्रोग्रामिङ भाषा हो । यो गुगल टोलीमा करिब १० जनाले काम गरिरहेका थिए ।
रिपोर्टमा गुगलले जर्मनीको म्युनिखमा स्क्र्याचबाट नयाँ टोली सिर्जना गरिरहेको बताएको छ । यसअघि यस टोलीका १० जनाभन्दा कम व्यक्तिले पाइथनको सम्पूर्ण इकोसिस्टम चलाउँदै आएका थिए । गुगलको यो टोली पाइथनको स्थिर सँस्करणलाई कायम राख्न, हजारौं तेस्रो पक्ष प्याकेजहरू अद्यावधिक गर्न र टाइपचेकर विकास गर्नमा संलग्न थियो ।
हालै गुगलले २८ कर्मचारीलाई निकालेको थियो । यी सबै कर्मचारीहरूले इजरायली सरकार र सेनालाई क्लाउड सेवाहरू उपलब्ध गराउने परियोजनाको विरोध गरिरहेका थिए । यसपछि कम्पनीका सीईओ सुन्दर पिचाईले आफ्नो एक ब्लक पोस्टमा कर्मचारीहरूलाई कार्यस्थलबाट राजनीतिलाई टाढा राख्न आग्रह गरेका थिए । त्यसमा उनले कर्मचारीलाई कार्यालयमा आएर आफ्नो काम गर्न र राजनीतिमा नलाग्न आदेश दिएका छन् ।
गुगलले २०२३ को सुरुमा १२ हजार कर्मचारीलाई निकालेको थियो । यस बर्खास्तीको बारेमा सीईओ सुन्दर पिचाईले कुनै पनि संस्थाको लागि चुनौतीपूर्ण समय भएको र विगत २५ वर्षमा हामीले कहिल्यै पनि यस्तो टर्निङ प्वाइन्टको सामना नगरेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार