बङ्गलादेशद्वारा हतियार प्रणालीमा एआई लागू नगर्न आह्वान
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १५:५३:११
१८ वैशाख, ढाका । बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
उनले कृषि, चिकित्सा विज्ञान, अन्तरिक्ष अन्वेषण, जलवायु परिवर्तन र रोजगारी सृजनाका क्षेत्रमा एआई प्रयोग गर्न आग्रह गरे । हसनले सोमबार भियनामा आयोजित ‘ह्युम्यानिटी एट द क्रसरोड: अटोनोमस वेपन्स सिस्टम्स एन्ड द च्यालेन्ज अफ रेगुलेसन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त धारणा राखेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेशमन्त्रीले स्वायत्त हतियार प्रणालीलाई प्रभावकारीरूपमा नियमन गर्न विश्वव्यापी मापदण्डहरू तय गर्न पनि सुझाव दिए । साथै मानवताको हितका लागि स्वायत्त हतियारलगायत कुनै पनि नयाँ हतियार त्याग्न सबैलाई आग्रह गरे । गाजाको अनिश्चित अवस्थामाथि प्रकाश पार्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व र तनावको नयाँ मोर्चा खोल्न चेतावनी पनि दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार